आइतबार थप ८१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौं । नेपालमा आइतबार थप ८१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

डा. गौतमका अनुसार प्रदेश १ को झापामा ४ महिला र ६ पुरुष गरी १० जनामा कोरोना पुष्टि भएको छ । मोरङमा २१ महिला र २९ पुरुष गरी ५० जना, सुनसरीमा १ महिा र ८ पुरुष गरी ९ जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी प्रदेश २ का जिल्लाहरुमध्ये धनुषामा १७ महिला र ४३ पुरुष गरी ६० जना, पर्सामा ३१ महिला र १०८ पुरुष गरी १३९ जना, बारामा ६ महिला र ३३ पुरुष गरी ३९ जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी महोत्तरीमा ५ महिला र २९ पुरुष गरी ३४, रौतहटमा २ महिला र ७ पुरुष गरी ९, सप्तरीमा ४ जना, सर्लाहीमा ११ महिला र ८० पुरुष गरी ९१, सिरहामा १४ जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी बाग्मती प्रदेशको काठमाण्डौमा ४७ महिला र ७९ पुरुष गरी १२६, भक्तपुरमा ११ महिला र १७ पुरुष गरी २८ जना र ललितपुरमा ७ महिला र ५ पुरुष गरी १२ जनामा कोरोना पुष्टि भएको छ ।

बाग्मती प्रदेशकै काभ्रेपलान्चोकमा १३ महिला र १४ पुरुष गरी २७ , दोलखामा ३ महिला र ३ पुरुष गरी ६ जना, धादिङमा १ जना, मकवानपुरमा १ जना, रसुवामा १ जना, रामेछाप २ जना र सिन्धुलीमा २ जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा ३ महिला र २ पुरुष गरी ५ जना, गोरखामा २ जना, नवलपरासी पूर्वमा ३ महिला र ३ पुरुष गरी ६ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै प्रदेश ५ को अर्घाखाँचीमा १ महिला र ११ पुरुष गरी १२, कपिलवस्तुमा १ महिला र १० पुरुष गरी ११ जना, नवलपरासीमा ९ महिला र २१ पुरुष गरी ३०, पाल्पामा महिला र पुरुष गरी २ जना, प्युठानमा २ जना, बर्दियामा २ जना, बाँकेमा ५ महिला र ६ पुरुष गरी ११ जना, रुकुम पूर्वमा १ जना, रुपन्देहीमा ६ महिला र २२ पुरुष गरी २८ जना र रोल्पामा १ जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी कर्णाली प्रदेशको जुम्लामा महिला र पुरुष गरी २ जना, रुकुम पश्चिममा २ महिला र ४ पुरुष गरी ६ जनामा कोरोना पुष्टि भएको छ । यस्तै सुदूरपश्चिम प्रदेशको अछाममा ४ महिला र १९ पुरुष गरी २३, डडेल्धुरामा २ जना, दार्चुलामा १ जना, बझाङमा १ महिला र २ पुरुष गरी ३ जना, बैतडीमा १ महिला र ३ पुरुष गरी ४ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आज २२० महिला र ५९८ पुरुष गरी ८१८ जनामा कोरोना पुष्टि भएको हो । हालसम्म मुलुकभर सक्रिय संक्रमितको संख्या १३ हजार १५५ रहेको छ ।

Loading...