बालिका बलात्कारमा सम्लग्नमाथि कडाभन्दा कडा कारवाही गर्न अधिकारकर्मीहरुको माग

बुटवल, ९ भदाै । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा बालिका बलात्कार गर्नेलाई कडा कार्वाही गर्न महिला अधिकारकर्मीले माग गरेका छन । साेमवार एक वक्तव्य जारी गर्दै अन्तर पार्टी महिला सञ्जाल कर्णाली प्रदेशले दोषीलाई कानुन अनुसार सजायको माग गरेको हो ।

सञ्जालकी अध्यक्ष देबी ओलीद्धारा हस्ताक्षरित वक्तव्यमा दोषीलाई कार्वाही गरी पीडितलाई न्याय दिन माग गरेकी छन् । आइतवार सल्यानको कुमाख गाउँपालिकास्थित मामा घरबाट घर फर्किरहेकी बालिकालाई १८ वर्षीय युवाले भेरी नदी किनारमा लगेर बलात्कार प्रयास गरेको थिए ।

सञ्जालले दोषीलाई तत्काल पक्राउ गरी मुद्दाको प्रक्रिया अघि बढाएको भन्दै वक्तव्य मार्फत प्रहरीलाई धन्यबाद समेत दिएको छ । साथै पीडित बालिकाको उपचारको व्यवस्था, शिक्षा दिक्षा र संरक्षणको व्यवस्था राज्यले गर्नुपर्ने पनि वक्तव्यमा भनिएको छ । बालिकाको सामाजिक पुर्नस्थापनाका लागि सरोकारवाला निकायको ध्यान आर्षण गराइन्छ भनी विज्ञप्तिको अन्त्यमा भनिएको छ ।

यसैबीच महिला अधिकारका पक्षमा काम गर्ने रुकुम पश्चिमका विभिन्न संघ संस्थाहरुले संयुक्त वक्तव्य जारी गर्दै दोषीलाई हदैसम्मको कर्वाही गर्न माग गरेका छन । पछिल्लो समय महिला तथा बालबालिकाहरुमाथि भएका यस्ता खालका घटनाले उनीहरुको मानसिक सन्तुलनमा प्रत्यक्ष प्रभाव परेको भन्दै अधिकारकर्मीहरुले पीडित बालिकामा परेको मानसिक समस्यालाई ध्यान दिँदै मनोसामाजिक परामर्शको व्यवस्था गर्न पनि माग गरहेका छन ।

अन्तरपार्टी महिला सञ्जाल रुकुम पश्चिम, मानव अधिकार संरक्षण तथा काुननी सेवा केन्द्र हरप्लेस, महिला पुर्नस्थापना केन्द्र ओरक, अनोपचारिक सेवा केन्द्र इन्सेक र संयुक्त दलित अधिकार मञ्च रुकुम पश्चिमले संयुक्त वक्तव्य जारी गरी यस्ता खालका अपराधिक क्रिया कलापहरुलाई प्रचलित कानुन बमोजिम सजायको माग गरेका हुन ।।

Loading...