तीन वर्षकी बालिका चोरेर बलात्कार, रुन थालेपछि रेटियो घाँटी

काठमाडौँ, १७ साउन । भारतको झारखखण्डमा एक तीन वर्षकी बालिकालाई रेल्वे स्टेशनबाट अपहरण गरी बलात्कार गरेर हत्या भएको घटना सार्वजनिक भएको छ ।

२५ जुलाइमा टाटानगर रेल्वे स्टेशनबाट अपहरणमा परेकी बालिकालाई अपहरणपछि बलात्कार गर्ने क्रममा रुन थालेपछि घाँटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ ।

२५ जुलाईको राती टेल्को निवासी रिंकु साहूले टाटानगर रेलवे स्टेशनबाट तीन वर्षकी बालिकाको अपहरण गरेका थिए । यो पूरा घटना सिसिटिभी फूटेजमा कैद भएको थियो । जसको मद्दतबाट प्रहरीले साहूलाई उनकै घरबाट पक्राउ गरिसकेको छ ।

साहुले यो घटना आफ्ना एक साथि (कैलाश कुमार)सँग मिलेर गरेको बयान प्रहरीलाई दिएका छन् । बालिकालाई बलात्कारपछि हत्या गरेर फालिएको थियो । प्रहरीले शव बरामद गरेको छ ।

यो घटनाका मुख्य आरोपी साहूले मादक पदार्थको नशाका कारण आफूले घटना घटाएको बयान दिएका छन् । उनले यस्ता धेरै बच्चाको अपहरण गरेर बिक्रि गरेको पनि खुलाएका छन् ।

Loading...