काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेशसचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन् ।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आएका मिस्रीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् ।
भेटका क्रममा मिस्रीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट औपचारिक भारत भ्रमणको निमन्त्रणा दिएका प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालले जनाएका छन् ।
प्रेस संयोजक सिलवालका अनुसार प्रधानमन्त्री ओलीले निमन्त्रणाका लागि धन्यवाद दिएका छन् । प्रधानमन्त्री ओलीले उपयुक्त समय मिलाएर भारत भ्रमण गर्ने बताएका उनको भनाइ छ ।







