मैथिली बनिन् बिहारकी कान्छी विधायक

Maithili thakur
Maithili thakur

पटना । भजन गायिका मैथिली ठाकुर २५ वर्षको उमेरमा चुनाव जित्दै बिहारकी कान्छी बिधायक बन्न सफल भएकी छन् ।

भारतीय जनता पार्टी (बीजेपी) बाट अलीनगर निर्वाचन क्षेत्रमा जित हासिल गरी उनी बिहारकी कान्छी विधायक (MLA) बन्न सफल भएकी हुन्।

उनको यो विजयले राजनीति दुनियाँमा नयाँ तरङ्ग ल्याएको छ भने युवा पुस्तामा उत्साह थपिएको छ ।

बिहार विधानसभा चुनाव-२०२५ मा मैथिली ठाकुरले दरभंगा जिल्लाको अलीनगर क्षेत्रबाट उम्मेदवारी दिएकी थिइन् । कुल मत ८४ हजार ९ सय १५  पाएकी मैथिलीले ११ हजार ७ सय ३० मतान्तरले बिपक्षी उम्मेदवारलाई पराजित गरिन ।

उनले आफ्नो निर्वाचन क्षेत्र अलीनगरको नाम परिवर्तन गरी “सीतानगर बनाउने चुनावी प्रतिवद्धता पेश गरेकी थिइन् । त्यस्तै विकास-कार्यलाई प्राथमिकता दिने वचन दिएकी उनको अर्को ठूलो लक्ष्य युवाहरू, विशेष गरी युवतीहरूलाई सशक्त बनाउने र शिक्षा सुधार्ने लगायत रहेका छन् ।

आफू छोरीको रुपमा रहेर समाजको सेवा गर्ने उनले बताउदै आएकी छन् । आफ्नो अर्जुन दृष्टि आफ्नो क्षेत्रको सेवामा रहने उनको उद्घोष छ ।