
भक्तपुर । विदेशमा उच्च शिक्षा हासिल गर्ने सपना बोकेका विद्यार्थीहरूका लागि भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु भएको छ। भक्तपुरको सूर्यविनायकस्थित आर्गस एजुकेशनमा भदौ १ देखि ३ गतेसम्म सञ्चालन हुने यस एक्स्पोले विद्यार्थीहरूलाई विश्वस्तरीय शिक्षा, छात्रवृत्ति, र भिसा प्रक्रियाबारे प्रत्यक्ष जानकारी दिने अवसर प्रदान गर्नेछ।
कार्यक्रमको उद्घाटन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले गरे। उद्घाटन अवसरमा उनले आर्गस एजुकेशनले नेपाली विद्यार्थीहरूलाई विदेशमा अध्ययनका लागि उत्कृष्ट परामर्श दिँदै आएको र पढाइपछि आर्जन गरिएका सीपलाई नेपालमै उपयोग गर्न प्रेरित गरिरहेको उल्लेख गरे। साथै उनले भक्तपुरलाई ‘एजुकेशन हब’ को रूपमा विकास गर्नुपर्नेमा जोड दिंदै एक्स्पोको सफलताको शुभकामना व्यक्त गरे।
समारोहमा भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष कविदास श्रेष्ठ, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकार, नेपाल चेम्बर अफ कमर्सका जय राम गोर्खाली, पत्रकार कृष्ण किसी, अमित श्यामा लगायतका अतिथिहरूले पनि एक्स्पोले विद्यार्थीको भविष्य निर्माणमा नयाँ ढोका खोल्ने विश्वास व्यक्त गरे।
आर्गस एजुकेशन नेपालकी प्रबन्ध निर्देशक लीजा चित्रकार, अध्यक्ष अच्युत प्रजापति र निर्देशक किरण सुवालले कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै विद्यार्थी तथा अभिभावकलाई सक्रिय सहभागिताको आग्रह गरे।

विद्यार्थीका लागि विशेष आकर्षण
तीन दिनसम्म चल्ने एक्स्पोमा अष्ट्रेलिया र न्यूजिल्यान्डका प्रतिष्ठित विश्वविद्यालयहरूका प्रतिनिधिहरूले विद्यार्थीलाई प्रत्यक्ष परामर्श दिनेछन्।
छात्रवृत्तिको अवसर
भर्ना प्रक्रिया र भिसासम्बन्धी सम्पूर्ण मार्गदर्शन
विभिन्न विषय तथा तहअनुसार उपयुक्त विश्वविद्यालय छनोट गर्न सहयोग
यसैगरी सहभागी विद्यार्थीलाई निःशुल्क IELTS तथा PTE तयारी कक्षा उपलब्ध गराइनेछ।
भविष्य निर्माणतर्फको बाटो
कार्यक्रममा अध्ययनपश्चात् रोजगारीका अवसर, भिसा प्रक्रिया, र अन्तर्राष्ट्रिय अनुभवलाई कसरी भविष्यमा उपयोग गर्ने भन्नेबारे विस्तृत जानकारी दिइनेछ। यसले विद्यार्थीलाई विश्वस्तरीय शिक्षा र उज्ज्वल करिअर निर्माणतर्फ अग्रसर गराउने अपेक्षा गरिएको छ।
सम्पर्क र सहभागिता
‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ मा सहभागी हुन इच्छुकले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म आर्गस एजुकेशन, सूर्यविनायक भक्तपुरमा उपस्थित हुन सक्ने आयोजकको भनाइ छ ।
थप जानकारीका लागि: ०१-५९२४०१४, ९७०५१५०७४१, ९७०५१५०७४२ मा सम्पर्क गर्न सकिने आर्गस भक्तपुरका निर्देशक किरण सुवालले जनाएका छन् ।







