मालिका मावि नर्कुको सामाजिक परिक्षण सम्पन्न

मुड्केचुला (डोल्पा) । मुड्केचुला गाउँपालिका–६, डोल्पास्थित श्री मालिका माध्यमिक विद्यालय नर्कुले २०८०/८१ आर्थिक वर्षमा उल्लेख्य बजेट परिचालन गरेको छ।

विद्यालयको खातामा गत वर्षसम्म १५ लाख १३ हजार ८३५ रुपैयाँ बचत रहेकोमा चालु आर्थिक वर्ष २०८१/८२ सम्म आइपुग्दा जम्मा एक करोड २९ लाख ६८ हजार ६५२ रुपैयाँ रहेको विद्यालयले जनाएको छ।

यस बजेटमा शिक्षक–कर्मचारीको तलब भत्ता समेत समावेश छ। २०८०/८१ मा विद्यालय भित्रका केही भौतिक संरचना निर्माणका लागि खर्च भएको भए पनि केही भुक्तानी आर्थिक वर्ष पछि मात्रै भएको विद्यालय प्रशासनले जनाएको छ।

विभिन्न शीर्षकमा बजेट खर्च गरेपछि यस वर्ष विद्यालयले एक लाख ७९ हजार ५५ रुपैयाँ बचत गरेको छ।

मुड्केचुला गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमध्ये बजेट परिचालन र व्यवस्थापनमा मालिका माध्यमिक विद्यालय नर्कुलाई अग्रणी मानिएको छ।