दीर्घबहादुर शाही, डोल्पा । महिला उद्यमी महासंघ नेपाल डोल्पा शाखाको नयाँ जिल्ला कार्यसमिति औपचारिक रूपमा घोषणा गरिएको छ।
मंगलबार सदरमुकाम दुनै बजारमा आयोजित विशेष कार्यक्रममा केन्द्रीय अध्यक्ष शोभा ज्ञवाली र उपाध्यक्ष बसन्ती प्रधानको उपस्थितिमा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो।
कार्यसमितिको अध्यक्षमा मनकुमारी बोहरा चयन भएकी छिन्। अन्य पदाधिकारीहरूमा उपाध्यक्ष पुर्णिमा बुढा, महासचिव कमला बुढा, सचिव जय बोहोरा र कोषाध्यक्ष सिद्धकुमारी सार्की रहेका छन्।
सदस्यहरूमा करुणा हमाल, नौरती बोहोरा, बिष्णु शाही, लक्ष्मी बोहोरा, नन्दा विश्वकर्मा र राधिका बुढा रहेका छन्।
नयाँ कार्यसमितिका पदाधिकारीहरूले केन्द्रीय अध्यक्ष ज्ञवाली समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए।
यसअघि तदर्थ समितिका रूपमा क्रियाशील डोल्पा शाखालाई केन्द्रीय टोलीले स्थानीय तहमै पुगेर औपचारिक रूपमा पुनःघोषणा गरेको हो।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) रोमबहादुर महतले महिला उद्यमशीलता प्रवर्द्धनमा जिल्ला प्रशासनको तर्फबाट आवश्यक सहजीकरण गरिने प्रतिबद्धता जनाए।
उनले भने, “महिलाहरूले व्यवसायिक उद्यमी भएर तनमनका साथ काम गर्नुपर्छ।”
महासंघकी केन्द्रीय अध्यक्ष शोभा ज्ञवालीले डोल्पालाई भौगोलिक रूपमा दुर्गम भए पनि सम्भावनाले भरिएको क्षेत्र भएको उल्लेख गर्दै भनिन्,
“यहाँका अर्गानिक उत्पादनलाई ग्रेडिङ, प्याकेजिङ र प्रचार–प्रसारमार्फत प्रभावकारी रूपमा बजारीकरण गर्न सकेमा स्थानीय महिलालाई राम्रै आम्दानी सुनिश्चित गर्न सकिन्छ।”
उनले महिला उद्यमीहरूको हकहितका लागि नीतिगत दबाब सिर्जना गर्ने र सरकारसँग आवश्यक कार्यक्रमहरूको माग गर्दै अघि बढ्ने प्रतिवद्धता जनाइन्।
सोही अवसरमा, चिनियाँ राजदूतावासको सहयोगमा महासंघ डोल्पाका पदाधिकारी तथा स्थानीय महिलालाई लक्षित गर्दै एक दिने उद्यमशीलता तालिम पनि सम्पन्न गरिएको थियो।
तालिममा स्थानीय उत्पादनको बजारीकरण, मूल्य अभिवृद्धि, तथा उत्पादन व्यवस्थापन सम्बन्धी विषयमा जानकारी दिइएको महासंघ डोल्पाले जनाएको छ।
नवनिर्वाचित अध्यक्ष मनकुमारीले डोल्पामा महिला उद्यमशीलता बिकासमा कार्यसमितिको अर्जुन दृस्ट