न्यूजकारखाना, नयाँ दिल्ली । भारतमा दिल्ली उच्च अदालतका न्यायाधीश यशवन्त बर्माको घरबाट करिब १५ करोड रुपैयाँ नगद बरामद भएको छ ।
यो कुरा बाहिर आएपछि सर्वोच्च अदालतको कलेजियमले उनलाई इलाहाबाद उच्च अदालतमा फिर्ता पठाउने निर्णय गरेको छ।
साथै, कलेजियमले न्यायाधीश वर्मा विरुद्ध प्रारम्भिक अनुसन्धान सुरु गरेको छ। यद्यपि, यो आन्तरिक छानबिन होइन। छानबिन पूरा भएपछि दिल्ली उच्च अदालतले मुख्य न्यायाधीश कलेजियमलाई प्रारम्भिक प्रतिवेदन पेश गर्नेछ। भारतमा न्यायाधीश नियुक्ति, सरुवा, बढुवा सिफारिस गर्ने न्यायाधीशको समूहलाई कलेजियम भनिन्छ ।
वास्तवमा होलीको बिदामा न्यायाधीश बर्माको सरकारी बंगलामा आगलागी भएको थियो । त्यतिबेला उनी घरमा थिएनन् । आगो लागेको परिवारले दमकललाई खबर गरेका थिए । आगो निभाउन गएको टोलीले सो १५ करोड नगद फेला पारेको थियो ।
स्रोतका अनुसार सीजेआइ सञ्जीव खन्नाले मुद्दाको बारेमा जानकारी पाएपछि ५ सदस्यीय कलेजियमले उनलाई सरुवा गर्ने निर्णय गरेको हो, यद्यपि यो सर्वोच्च अदालतको वेबसाइटमा अपलोड गरिएको छैन।
उता, हाईकोर्ट बार एसोसिएसनले न्यायाधीश वर्मालाई इलाहाबाद फिर्ता सरुवा गरेकोमा विरोध गरेको छ। कलेजियमको निर्णय पछि उनीहरूले भनेका छन, के हामी डस्टबिन हौं ?’
कलेजियमले आकस्मिक बैठक बोलाएको थियो । यस विषयमा जानकारी प्राप्त हुने बित्तिकै मुख्य न्यायाधीश संजीव खन्नाले कलेजियमको आपतकालीन बैठक बोलाए र सरुवासम्बन्धी प्रस्ताव पारित गराए । यद्यपी, उनको सरूवाका बारेमा कुनै जानकारी अपलोड गरिएको छैन । आन्तरिक अनुसन्धान पनि भइरहेको जनाइएको छ ।