राजधानीमा अर्धनग्न प्रदर्शन

काठमाडौं । दलितका लागि दलित अभियानका अभियन्ताहरुले अर्धनग्न प्रदर्शन गरेका छन् । शुक्रवार अपराह्न उनीहरूले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म गरेका हुन् ।

अभियन्ता खगेन्द्र सुनारलगायत अभियन्ताहरु प्रदर्शनमा सहभागी थिए । ‘दलितका लागि खोइ?’ भन्ने प्ले कार्ड देखाउदै प्रदर्शनकारीले दलितका लागि अधिकार खोजेका थिए ।

सिराहामा महायज्ञ गर्न दलित घरमा डोजर चलाएको विरोध तथा अन्तर्राष्ट्रिय जातीय विभेदविरुद्ध दिवसका अवसरमा प्रदर्शन गरिएको बताइएको छ । अभियन्ताहरुले बानेश्वरको निषेधित क्षेत्र तोडेर संसद भवन पस्ने प्रयास गरेपछि ब्यापक सुरक्षाकर्मी तैनाथ रहेका छन् ।