राजधानीमा जारी कर्फ्यू एक साता थप लम्ब्याइने

काठमाडौं, ९ भदौ । राजधानीमा जारी कर्फ्यू एक हप्ता थपिने भएकाे छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा मंगलबार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका केही पदाधिकारी र काठमाडौं मेयरहरुबीच भएको बैठकले यस्ताे निर्णय गरेकाे हाे ।

बैठकले काठमाडौं, भक्तपुर र ललितपुरमा थप एक साता निषेधाज्ञा जारी राख्न सिफारिस गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उपत्यकाका मेयरहरुसँग अहिलको अवस्थाबारे छलफल भएको जानकारी दिँदै निषेधाज्ञाका बारेमा माथिकाे आदेश आएवमाेजिम हुने बताए ।

बैठकमा सहभागी एक अधिकारीका अनुसार छलफलमा मेयरहरुले एक साता निषेधाज्ञा राखे आइसोलेसन सेन्टर बढाउन सकिने र प्रभावकारी ढंगले संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्न सकिने बताएका थिए ।

अहिले जारी कर्फ्यू बुधबार सकिँदैछ । उपत्यकाका सीडीओहरुले ३ भदौको मध्यरातिबाट लागू हुने गरी एक साताको निषेधाज्ञा लागू गरेका थिए ।

Loading...