काठमाडौ । इरान र अमेरिका बीचको चिसिएको सम्बन्धबीच इरानले कतारस्थित अमेरिकी सैन्य इलाकामा आक्रमण गरेको छ ।
रिपोर्ट अनुसार पूर्व-सूचनासहित इरानले कतारमा रहेका अमेरिकी सैन्य क्याम्पमाा आक्रमण गरेको हो ।
वास्तविक क्षतिको आशंका गरिएको भए पनि त्यो केवल “रिहर्सल” वा चेतावनीमूलक कदम मात्र रहेको इरानको दावी छ ।
इरानी अधिकारीहरूले यो कारबाही सैन्य प्रतिशोधभन्दा बढी राजनीतिक सन्देश मात्र जिकिर गरेका छन् ।
यो घटनाको मूल कारण हालैको इजरायल-इरान तनाव हो। इरानमा अमेरिकाले आक्रमण गरी स्थित भड्काएको र त्यसैको बदला स्वरुप कतारतर्फ इरानले निशाना सोझ्याएको बताइन्छ ।
इरानले अमेरिकी बेसहरूलाई लक्षित गरे पनि, सटीक पूर्व-सूचना दिई सुरक्षा सतर्कता अपनाउने मौका उपलब्ध गराइको बताएको छ ।
आक्रमणको समयमा कुनै मानव क्षति वा भौतिक विनाश भएको पुष्टि भएको छैन।
सुरक्षा स्रोतहरूका अनुसार, यो संकेत मात्र हो, युद्धको उद्घोष होइन ।
यो घटनाले इरानले यो स्पष्ट सन्देश दिएको छ की अमेरिकी आक्रमण भए प्रत्याक्रमणको तयारीमा इरान छ ।
विश्लेषकहरू भन्छन्, यो सन्देश इरानको कूटनीतिक चतुराई हो — एकातिर प्रतिरोध देखाउने, अर्कातिर खुला युद्धबाट बच्ने।
यता, कतारले भने आफ्नो देशको सार्वभौमिकतालाई लिएर चिन्ता व्यक्त गरेको छ । उसले इरानलाई उचित जवाफ दिने चेतावनी दिएको छ ।
कतारस्थित नेपाली दूतावासले सुरक्षीत रहन र कतार सरकारले जारी गर्ने सुरक्षा उपाय अवलम्बन गर्न आग्रह गरेको छ ।