राष्ट्रपति पौडेल कतार प्रस्थान

राष्ट्रपति रामचन्द्र पौडेल आज ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन कतार प्रस्थान गरेका छन्।

उपराष्ट्रपति, प्रधानमन्त्री लगायतले उनलाई आइतबार बिहान त्रिभुवन बिमानस्थलमा बिदाइ गरे ।

कात्तिक १८ देखि २० गतेसम्म कतारको दोहामा हुने सम्मेलनमा उनी १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी हुनेछन्।

सम्मेलनमा राष्ट्रपति पौडेलले मुख्य सत्रलाई सम्बोधन गर्नेछन्। उक्त भ्रमणका क्रममा उनले कतारका अमिर शेख तमिम बिन हमद अल थानी र संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

राष्ट्रपति पौडेल कात्तिक २० गते स्वदेश फर्कने छन्।