श्रीराम मन्दिर परिसरमा महानगरको डोजर

काठमाडौं । थापाथलीस्थित श्रीराम मन्दिर बैरागी अखडा परिसरमा गुठी संस्थानले जबर्जस्ती राख्न दिएको मदिरा बेच्ने रेस्टुरेन्ट काठमाडौं महानगरपालिकाले हटाएर उक्त संरचना नै भत्काइदिएको छ।

मन्दिर परिसरमा मदिरा बिक्री भइरहेको भन्दै स्थानीय बासिन्दा, भक्तजन र धार्मिक संघसंस्थाले पटक–पटक आपत्ति जनाए पनि गुठी संस्थानका जिम्मेवार कर्मचारीहरूले बेवास्ता गर्दै आएका थिए । अन्ततः धार्मिक स्थलको पवित्रता र जनभावनाको सम्मान गर्दै महानगरपालिकाले सो रेस्टुरेन्ट हटाउने मात्र होइन, संरचना नै भत्काइदिएको हो। सो संरचना अबैध भएको एक अधिकारीले बताए ।

महानगरले मन्दिर परिसरको धार्मिक वातावरण कायम राख्न र त्यहाँ कुनै पनि अमर्यादित गतिविधि नगर्न आग्रहसमेत गरेको छ। स्थानीय एवं भक्तजनहरु महानगरको यस कदमबाट दङ्ग देखिएका छन् । उनीहरुले “मन्दिरमा शुद्धता फर्किएको” प्रतिक्रिया दिएका छन्।

तस्बिर : परशुराम काफ्ले ।