स्वास्थ्य शिक्षा अनुसन्धान र नवप्रर्वतनको अभिवृद्धिका लागि शनिवार अन्तराष्ट्रिय सम्मेलन

बुद्धशरण शाही,ललितपुर। स्वास्थ्य शिक्षा अनुसन्धान र नवप्रर्वतनको अभिवृद्धिका लागि अन्तराष्ट्रिय सम्मेलन हुने भएको छ ।
ललितपुरको धोविघाटस्थित सिद्धार्थ कटेजमा शनिवार बिहान ९ बजेबाट शनिवार सुरु हुने सम्मेलन दुई दिनसम्म चल्नेछ ।

शुक्रवार आयोजित पत्रकार भेलामा आयोजक नेपाल स्वास्थ्य शिक्षा संघ (हिन)का अध्यक्ष प्राडा भिमसेन देवकाटोले सो सम्मेलनमा बिभिन्न देशका विज्ञहरु सहभागी हुने बताए । सम्मेलनमा देशविदेशबाट तीन सयजना सहभागी हुने उनको भनाइ छ । नेपाल, अमेरिका, बेलायत, भारतलगायत देशका स्वास्थ्य क्षेत्रमा क्रियाशिल विज्ञहरुका २६ भन्दा बढी कार्यपत्रहरु प्रस्तुत हुने प्राडा देवकोटाले जानकारी दिएका छन् ।

सम्मेलनमा भारतको जिन्डाल विश्वविद्यालयका प्राध्यापक सम्राट सिन्हा, अमेरिकाको पिट्सबर्ग विश्वविद्यालयका उपप्राध्याक डा.सारा बाउमेन र बेलायतका स्वास्थ्य विज्ञ डा. पुष्पराज पन्तले मन्तब्य दिने बताइएको छ ।

पत्रकार सम्मेलनमा संस्थाका उपाध्यक्ष डा. कल्पना ज्ञवालीले अन्य शिक्षाभन्दा पनि स्वास्थ्य शिक्षा अत्यन्त आवश्यक हुने भएकाले सरोकार पक्षले नीतिनिर्माणमा ध्यान दिनुपर्नेमा जोड दिए ।

विश्वमा यस क्षेत्रमा विभिन्नखोज अनुसन्धानभइरहेकाले दुई दिने सम्मेलनले विभिन्न देशका विज्ञहरुको अनुभव आदानप्रदान हुने उनले उल्लेख गरेकी छन् ।

विश्वविद्यालय अनुदानआयोगको अनुदानमा त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र केन्द्रीयविभाग र नेपाल स्वास्थ्य शिक्षा संघ (हिन)को संयुक्त आयोजनामा सम्मेलन हुने हिनका महासचिव डा. भगवान अर्यालको भनाइ छ ।

 सम्मेलनमा हिनको १७औं साधारण सभा र नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचन समेत सम्पन्न हुने बताइएको छ ।