काठमाडौं । नेकपा(बहुमत)को ३ नम्बर ब्यूरो इन्चार्ज एवं पूर्व जनमुक्ति सेनाका सहायक डिभिजन कमान्डर उदयबहादुर चलाउने दिपकले राजधानीमा १० दिनदेखि आन्दोलनरत शिक्षकहरूकाे शालिनता र भद्रताले मात्र माग पुरा हुने सम्भावना नरहेको बताएका छन् ।
”कुशासनकाे बेरिकेड न हिजाे न आज न त भाेली नै पनि शालिनताले ताेडिन सम्भव हाेला !” उनले भने ।
उनले शिक्षक शालिन हुन्जेल सरकारले माग सुन्ने प्रति शंका व्यक्त गरेका हुन् । ”आन्दाेनका जायज मागहरूप्रति आम जनताकाे समर्थन छ तर बिडम्बनाकाे कुरा सडकमा तपाइँहरु नारा लगाई रहँदा सरकार मुरली बजाईरहेकाे छ ।” उनले भने ।
उनले शिक्षक आन्दोलनलाई सिमित सुबिधा र अवसरकाे जालाेमा मात्र नअल्झाउन आग्रह पनि गरेका छन् । याे आन्दोलन सिंगाे देशकाे भविष्य निर्धारण गर्ने गरी अघि बढ्नुपर्ने उनको भनाइ छ । ”आन्दोलन शिक्षककाे पेशागत अधिकार र मर्यादाकाे स्थापना एवम् निःशुल्क, समान र बहुप्राविधिक शिक्षाकाे घाेषणापत्र जारी गरेर सम्पन्न होस् ।” उनले आग्रह गरे ।