काठमाडौं । शुक्रवार साँझ पुनः पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रूपेन्देही लगिएकाे छ । उच्च अदालत, बुटवलले पुनः पक्राउ गर्न आदेश दिए लगत्तै हिजो साँझ पक्राउ परेका लामिछानेलाई रूपेन्देही हिरासतमा राख्नका लागि बिहानै त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल पुर्याइएको थियो । उनलाई पहिलाे फ्लाइटबाटै रूपन्देही लगिएकाे हाे । पूर्व उपप्रधान एवं गृहमन्त्री […]
ननस्टप विशेष
जन्मदिनमा क्याम्पसलाई १ सय ४० थान पाठ्यपुस्तक उपहार
भक्तपुर । भक्तपुरको सानोठिमी क्याम्पसका उपप्राध्यापक जीवन ढुङ्गानाले क्याम्पसलाई पाठ्यपुस्तक दिएर आफ्नो जन्मदिन मनाएका छन् । हाल अष्ट्रेलियाको मेलबर्नस्थित डेकिन विश्वविद्यालयमा बिद्यावारिधी अध्ययनरत रहेका उपप्राध्यापक ढुङ्गानाले आज चैत २३ गते पर्ने आफ्नो जन्मोत्सवका अवसरमा भक्तपुरको सानोठिमी क्याम्पसलाई १ सय ४० थान पाठ्यपुस्तक प्रदान गरेका हुन् । उनी अध्ययन बिदामा हाल अष्ट्रेलियामा छन् । उनले जन्मदिनको […]
बुढानीलकण्ठबाट पक्राउ परे पूर्व उपप्रधान एवं गृहमन्त्री लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रवार साँझ उनी पक्राउ परेका हुन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुढानीलकण्ठ स्थित हेपाली हाइटबाट उनलाई पक्राउ गरेको हो । शुक्रवार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागी थुनामा पठाउन आदेश गरेको […]
टोखा चण्डेश्वरी अस्पतालमा सिटिजी सेवा शुरु, हाडजोर्नीको अपरेसन पनि हुने
बागमती प्रदेश सरकार मातहत संचालित काठमाडौको टोखास्थित टोखा चण्डेश्वरी अस्पतालले सिटिजी सेवा सञ्चालनमा ल्याएको छ । अस्पतालका अध्यक्ष प्रकाश खड्गीले सो सेवाको उद्घाटन गरेका छन् । CTG (Cardiotocography) सेवा सञ्चालन भएसंगै गर्भवती महिलाको स्वास्थ्य सेवामा सुविधा थपिएको छ । पेटभित्र रहेको बच्चाको मुटुको धड्कनको चाल जाँच तथा बच्चा चले नचलेको अध्ययन गरी बच्चाको खतराको स्थिति […]
रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
न्यूजकारखाना, बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश भएको छ। उच्च अदालत बुटवल इजलासले सहकारी ठगी प्रकरणमा लामिछानेलाई थुनामा पठाउने आदेश गरेको हो । जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै अदालतले शुक्रबार उनलाई थुनामा पठाउने आदेश गरेको हो । बुटवल उच्च अदालतका न्यायाधीशहरु रमेश ढकाल र स्वीकृति पराजुलीको इजलाशमा सुनुवाई सकिएको […]
पचास वर्षमा थ्री स्टार क्लब, शनिबार पूर्व खेलाडीबीच मैत्रीपूर्ण प्रतियोगिता हुने
ललितपुर । थ्री स्टार क्लबको स्वर्ण जयन्तीको अवसरमा पूर्वखेलाडीहरुबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने भएको छ । थ्री स्टार क्लबको स्वर्ण जयन्ती समारोहको बारेमा जानकारी दिन मंगलबजारमा आयोजित पत्रकार सम्मेलनमा क्लबका महासचिव धर्मेन्द्रराज शाक्यले थ्रीस्टार क्लबबाट विभिन्न प्रतियोगितामा खेलेर आफनो योगदान दिइसकेका खेलाडीहरुलाई भेला गरी यही चैत २३ गते शनिबार मैत्रीपूर्ण प्रतियोगिता हुने जानकारी दिए । […]
आइतबार सार्वजनिक बिदा
काठमाडौ । सरकारले आइतबार सार्वजनिक बिदा घोषणा गरेको छ । आइतबार रामनवमी पर्वको अवसरमा सार्वजनिक बिदा घोषणा गरिएको हो । सरकारले राजपत्रमै सूचना प्रकाशित गर्दै चैत २४ गते आइतबार रामनवमीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको छ । गत वर्ष पनि रामनवमीमा सार्वजनिक बिदा दिइएको थियो । चैत शुक्ल पक्षको नवमी तिथीका दिन […]
पलान्चोक भगवतीको ७० हजार लिएर फरार अभियुक्त अढाई वर्षपछि प्रहरी फन्दामा
काभ्रे । काभ्रेको पाँचखालस्थित पलान्चोक भगवती मन्दिरमा रहेको दानपेटिका फुटाई नगद ७० हजार चोरी फरार भएको घटनाको करिब अढाई वर्ष पछि काभ्रे प्रहरीले एक अभियुक्तलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ । अभियुक्त काभ्रेकै खानीखोला-७ का ३० वर्षिय रविन खुलाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाए अनुसार रामेछापको खाँडादेवी मन्दिरमा रहेको दानपेटिका […]
थाई व्यवसायीहरुलाई नेपालमा लगानी गर्न आग्रह
थाइल्यान्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्यान्डका व्यवसायीहरुसँग आज बैंककमा भेटवार्ता गरेका छन् । भ्रमण दलमा सहभागी नेपाली व्यवसायी प्रतिनिधिमण्डलसमेत सहभागी भएको उक्त भेटमा प्रधानमन्त्री ओलीले नेपाल लगानीको लागि उर्वर भूमी भएको उल्लेख गर्दै थाई व्यवसायीहरुलाई नेपालमा लगानी गर्न आग्रह गरे । प्रधानमन्त्री ओलीले थाई व्यवसायीहरुलाई नेपालमा लगानीमैत्री वातावरण निर्माणको लागि आवश्यक थुप्रै […]
बँदेल मार्न राखेको पासोले ज्यान लिएको आशंका, शव लुकाउने तीन प्रहरी फन्दामा
सञ्जय मिश्रा, रौतहट । रौतहट स्थित जंगली बँदेल मार्न राखिएको विद्युतीय पासोमा करेन्ट लागेर एकजना महिलाको मृत्यु भएको छ। मृतक महिलाको शव लुकाएको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको उत्तर पूर्वीभेग वृन्दावन नगरपालिका १ बलेरी गाउँ छेउमा जंगली बँदेल मार्न राखेको बिधुतिय पासोमा करेन्ट लागेर महिलाको मृत्यु भएपछी मृतक महिलाको शव लुकाउने ३ […]











