काठमाडौं । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उनलाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेका हुन् । गभर्नर महाप्रसाद अधिकारी आफ्नो ५ वर्षे कार्यकाल पूरा गरेर शुक्रबार बिदा भएसँगै तिम्सिनालाई […]
ननस्टप विशेष
भृकुटीमण्डपमा नभएपछि राप्रपाले बल्खुमा शक्ति प्रदर्शन गर्ने
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको आमसभा बल्खुमा हुने भएको छ । आकस्मिक केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्नु अघि प्रवक्त मोहन श्रेष्ठले यो जानकारी दिएका हुन् । ‘भोलि चैत २६ गते भृकुटीमण्डपमा हुने भनिएको राप्रपाको बागमती प्रदेश स्तरीय प्रदर्शन र आमसभा बल्खुमा हुनेछ,’ प्रचार बिभाग प्रमुख श्रेष्ठले भने, ‘प्रशासन सुरक्षाको कारण देखाउॅदै भृकुटीमण्डपमा अनुमति नदिएपछि स्थान […]
जनमत पार्टी र नाउपाको एकतापछि हुने नाम, चुनाव चिह्न र पदमा समेत सहमति
बर्दिया । एकताको अन्तिम तयारीमा रहेका जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले एकतापछि हुने पार्टीको नाम, चुनाव चिह्न र पदमा समेत सहमति जुटाएका छन् । आइतबार बर्दियाको मधुवनमा बसेको संयुक्त एकता कार्यदलको बैठकमा एकतापछिको पार्टीको नाम, चुनाव चिह्न र पदाधिकारीमा सहमति भएको हो। जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले पार्टी एकतापछि पार्टीको संरक्षक रेशम चौधरी, कार्यकारी […]
शिक्षकको पक्षमा प्रमुख प्रतिपक्षी दल, विशेष अधिवेशन बोलाएर विधेयक ल्याउन प्रचण्ड पहल
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आवश्यकता परेमा संसद्को विशेष अधिवेशन बोलाएर भएपनि विद्यालय शिक्षा विधेयक पारित गर्ने बताएका छन् । राजधानीमा आयोजित नेवा मुक्ति मोर्चाको प्रशिक्षण भेलामा उनले आफ्नो पार्टी शिक्षकहरूको साथमा रहेको बताए । माग पूरा नहुन्जेलसम्म आन्दोलन नछोड्न उनले शिक्षकहरूलाई अपिल गरे । ‘जबसम्म माग पूरा […]
मधेश प्रदेशमा बिचौलियामार्फत योजनाहरू ‘बिक्री’
मुकेश कुमार यादव, सिरहा । देशको साख नै गिर्ने गरी १ सयमा ३४ अंक मात्रै पाएर ट्रान्सपरेन्सी इन्टरनेसनलले हालै सार्वजनिक गरेको प्रतिवेदनमा नेपाल ‘भ्रष्ट देश’ को सूचीमा परेको छ। संघीय मन्त्रीहरूको कार्यसम्पादन नतिजा पनि सार्वजनिक गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यालयले २८.५ प्रतिशत काम मात्रै सम्पन्न गरेको र मन्त्रीहरुको ३५ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ […]
आज रामनवमी, यस्ता छन् भगवान रामलाई प्रसन्न पार्ने उपाय
आज रामनवमी । चैत शुक्ल पक्षको नवमी तिथीका दिन भगवान श्री रामचन्द्रको जन्म भएको मानिन्छ । भगवान रामको जन्म भएकोले आजको दिनलाई रामनवमी भनिएको हो । यो दिन मर्यादा पुरुषाेत्तम भगवान श्रीरामचन्द्रको जन्मदिन भएकोले हिन्दू धर्मावलम्बीले धुमधामले पूजाअर्चना र उपासना गर्दै उनको जन्मोत्सव मनाउँने गर्दछन् । रामनवमीमा भगवान् रामलाई खुशी पार्न सकिने केही कामहरू यस् […]
सडक मानवका लागि भक्तपुरमा महायज्ञ
भक्तपुर । गाँस र बास खोज्दै सडकमा बेवारिसे जीवन बिताउन बाध्य बेसहारा सडक मानवको लागि स्थायी आश्रयस्थल बनाउने पवित्र उदेश्यले भक्तपुरको मध्यपुर थिमि-५ राधेराधेस्थित यातायात व्यवस्था कार्यालयसंगै प्राङ्गणमा श्रीमद् भागवत सप्ताह ज्ञान बिज्ञान महायज्ञ भईरहेको छ । वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेल र जीवन विज्ञान विशेषज्ञ रमेश नेपाल लगायतले बिहीवार उद्घाटन गरेको महायज्ञमा कथा वाचिका […]
भारतीय समकक्षी मोदीसंगको भेटबारे बिमानस्थलमै प्रधानमन्त्रीको यस्तो प्रतिक्रिया
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल-भारत सम्बन्धलाई सुदृढ र मजबुत गर्दै लैजाने प्रष्ट खाका तय गरिएको जानकारी दिएका छन् । थाइल्याण्ड भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको एक्लाएक्लै र संयुक्त भेटबार्ताबारे स्वदेश फर्किएर बिमानस्थलमै पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीले यस्तो जानकारी दिएका हुन्। प्रधानमन्त्री ओली थाइल्यान्डको औपचारिक भ्रमण तथा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक […]
भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता शुरु, १८ नगरका १ सय ५८ खेलाडीबीच प्रतिस्पर्धा
भक्तपुर । भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता शुरु भएको छ । भक्तपुर नगरपालिका आयोजक रहेको प्रतियोगिता नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छें ‘रोहित’ले शनिवार उद्घाटन गरेका छन् । शनिवार अपराह्न सहिद स्मृति खेलमैदानबाट शुरु प्रतियोगिता सोमबार सम्म सञ्चालन हुने वडाध्यक्ष एवं खेलकुद समिति संयोजक श्याम कृष्ण खत्रीले जनाएका छन् । प्रतियोगितामा महानगर र उपमहानगरसहित १८ वटा नगरपालिकाका […]
बारको नयाँ नेतृत्व छान्न अधिवक्ताहरु उत्साहित : १० हजार मतदाता, ४ बजेसम्म मतदान
काठमाडौं । कानुन ब्यवसायी अधिवक्ताहरुको छाता संगठन नेपाल बार एशोसियनको भावी नेतृत्वका लागि मतदान जारी रहेकाे छ। शनिवार बिहान ८ः०० बजे देखि शुरु मतदानमा नयाँ नेतृत्व छनोट गर्न मतदाताहरु उत्साहित देखिएका छन् । अपराह्न ४ बजेसम्म मतदान हुनेछ । भावी अध्यक्षका लागि व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ र बृहत लोकतान्त्रिक, प्रगतिशील, पेसागत, […]











