सुनसरी घटना : शिक्षण अस्पतालमा मृत्यु भएका मेहताका आफन्तले गृहमन्त्री खाेजे, शव बुझ्न मानेनन्

काठमाडौँ । सुनसरीकाे देवानगञ्ज घटनाका घाइते रविन्द्र मेहताको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएपछि आफन्तहरूले शव बुझ्न मानेका छैनन्।

आइसीयूमा उपचारको क्रममा मेहताको मङ्गलवार मृत्यु भएपछि आफन्तहरूले गृहमन्त्री सुधन गुरुङ नआउँदासम्म शव नबुझ्ने भन्दै धर्नामा बसेका हुन्। अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले रविन्द्रका आफन्तले शव बुझ्न नमानेको बताए।

रोस्याराले भने, ‘ मृतक रविन्द्रका आफन्तहरूले गृहमन्त्री एक पटक अस्पताल आउनुपर्छ भनिरहनुभएको छ। उहाँहरूले शव बुझ्न मान्नु भएको छैन।’

अहिलेसम्म कसैलाई गिरफ्तार नगरिएको, छानबिन समितिको प्रतिवेदन सार्वजनिक नगरिएको, गोली चलाउने कसैलाई पनि निलम्बन नगरिएको, राज्यले केवल सम्झौता गरी घटनालाई मत्थर पार्न खोजेको आफन्तहरूले आरोप लगाएका छन्।