सांसद माया राइ पक्राउ

काठमाडौं । सांसद माया राइ पक्राउ परेकी छन् । उनलाई पक्राउ गरेको जानकारी प्रहरीले संघीय संसदलाई दिएको छ।

सभामुख देवराज घिमिरेलाई पत्र लेख्दै जिल्ला प्रहरी परिसर, भद्रकाली, काठमाडौले सांसद  राइ पक्राउ परेको बारेमा जानकारी गराएको हो । 

सहकारी ठगी सम्बन्धी मुद्दामा जाहेरी परेपनि उनलाई पक्राउ नगरिएको प्रति सरकार आलोचित थियो । रास्वपा सभापति रवि लामिछानेको पछि लागेको सरकार आफ्नाहरुलाई भने अनुसन्धान गर्न अघि नसरेको आरोपका बीच नेपाली कांग्रेस नेतृ समेत रहेकी सांसद राइ पक्राउ परेकी हुन् ।

प्रहरीले प्रतिनिधि सभालाई पत्र लेख्दै प्रष्ट पारेको छ-‘उपरोक्त सबन्धमा सुमन खनालसमेतको जाहेरीमा बादी नेपाल सरकार प्रतिबादी स्वर्ण लक्ष्मी बहु उदेश्सीय सहकारी संस्था लिमिटेका अध्यक्ष एवम सञ्चालक गितेन्द्रबाबु राइ समेत भएको ठगी र संगठित अपराध सबन्धी कसुर मुद्दामा भागी फरा रहेका प्रतिवादी माया राईलाइ अनुसन्धानको क्रममा बैशाख १३ गते बुढानिलकण्ठ नगरपालिका–१० कपन स्थितवाट पक्राउ गरी यसका कार्यालयमा दािखल हुन आएकी प्रतिबादी नेपाली कांग्रेसको बर्तमान संघीय प्रतिनिधिसभाको सदस्यलाइ हिरासतमा राखी थप अनुसन्धान भइरहेको ब्यहोरा सादर अनुरोध गरिएको छ।”

हेर्नुस् पत्र