काठमाडौं, १४ बैशाख । आज माता तिर्थ औशी अर्थात्, आमाको मुख हेर्ने दिन ।
नेपालभरी तथा नेपाली हिन्दुहरू बिचमा यो दिन आमालाई सम्झेने र आमालाई मिठा मिठा खाने कुरा खुवाएर मनाइने गरिन्छ ।
आमा नहुनेहरुले मातातिर्थ कुण्ड (काठमाडौंको पश्चिममा रहेको तीर्थस्थल) मा गई तर्पण (जल अर्पण) गरेर दिवंगत आमाप्रति श्रद्धा व्यक्त गर्छन्।
मातृभक्तिलाई महत्व दिने यो पर्व आमा र सन्तानबीचको सम्बन्धलाई झन् गहिरो बनाउने दिन मानिन्छ।
यसैबिचमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यस दिनमा आफ्नी आमाको सम्झना गरेका छन् ।
‘मेरो स्मृतिमा आमाको अनुहार त्यति स्पष्ट छैन किनभने चार वर्षको नहुँदै मैले आमाको न्यानो काख गुमाएँ। मेरो लागि जन्मभूमि नै आमाको प्रतिरूप बन्यो।’ उनले भनेका छन् ।
सामाजिक संजालमा उनले लेखेका छन, ‘आज मातातीर्थ औंसी, आमाको मुख हेर्ने दिन। आमाको मुहार धमिलो सम्झनामा आइरहेछ। यस पावन दिनमा सम्पूर्ण आमाप्रति हार्दिक श्रद्धा र सम्मान व्यक्त गर्दछु। आमा पृथ्वीको प्रत्यक्ष स्वरूप हुनुहुन्छ। सबैमा आमाप्रतिको समर्पण र कृतज्ञताको भावना अझ प्रगाढ बनोस्। शुभकामना ।’