प्रधानमन्त्री केपी शर्मा ओलीले युवाले अस्थिरता, अराजकता र निरङ्कुशतन्त्र (राजतन्त्र) लाई अस्वीकार गरेर देश बनाउने संकल्प गर्नुपर्नेमा जोड दिएका छन्।
नेकपा (एमाले) ले लोकतन्त्र दिवसको अवसरमा भृकुटीमण्डपमा आयोजना गरेको “युवा उत्सव” कार्यक्रममा सो पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले भने –“देशमा अराजकता फैलाउने र विभाजन ल्याउने तत्वहरूबाट सचेत हुनुपर्छ। “
प्रधानमन्त्री ओलीले वैशाख ११ गतेलाई निरङ्कुश राजतन्त्रको अन्त्य र लोकतन्त्रको जित भएको दिनका रूपमा उत्सव मनाउन शुरु गरिएको बताए । प्रधानमन्त्री ओलीले भने, “वैैशाख ११ गते निरङ्कुश राजतन्त्र पराजय र लोकतन्त्रले जितेको दिन हो । यो दिनलाई उत्सवको रूपमा मनाउनुपर्छ ।”
उनले सामन्ती व्यवस्था फर्काउने, तोडफोड गर्ने, आगो लगाउने जस्ता जङ्गली र अमानवीय कामहरू सह्य नहुने चेतावनी पनि दिए । युवाहरू यस्तो गलत बाटोबाट टाढा रहनुपर्ने उनले सुझाव दिएका छन् ।
उनले एमालेको राष्ट्रवादी अडानले केही तत्वहरू एमालेविरुद्ध झुटा प्रचार गरिरहेका आरोप लगाए । अब एमाले सरकारमा होइन, चुनावतिर लागिरहेको उनको भनाइ छ।
“युवालाई सामाजिक सञ्जालमार्फत भड्काउने प्रयास भइरहेको छ, त्यसमा सचेत रहनु।” उनले भने