काठमाडौं, २ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
गठबन्धन सरकारका बारेमा मुख्यतयाः कांग्रेसबाटै प्रश्न उठिरहेको बेला ओली र देउवा वीचमा अर्थपूर्ण भेटबार्ता भएको हो ।
सो भेटवार्ता आज मंगलबार प्रधानमन्त्री निवास वालुवाटारमा भएको बताइएको छ । प्रधानमन्त्री र सत्तासाझेदार नेपाली कांग्रेसका सभापति देउवाले करिब एक घण्टा वार्ता गरेका थिए । सो भेटवार्ता सरकारको आयूमै केन्द्रीर रहेको कांग्रेस श्रोतले जनाएको छ ।
एमाले श्रोतले भने दुई दलीय संयन्त्रलाई सक्रिय बनाउने सहमति भएको जिकिर गरेको छ ।
नेकपा एमालेको सचिवालय बैठकमै सत्ता साझेदार कांग्रेसका नेताहरुले सरकार बिरुद्ध बोलिरहेकाले स्पष्ट हुनुपर्ने विषय उठेकाले भेटवार्ता भएको हुनसक्ने एक एमाले नेताले बताएका छन् ।