प्रचण्ड र देउवाले कुरा सुन्न नमानेको भन्दै मानव अधिकार आयोगको कार्यक्रम हलमा हल्ला र नारावाजी

काठमाडौं, ९ असोज । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका शिर्ष नेताहरु विरुद्ध एक कार्यक्रममा नारावाजी भएको छ ।

राष्टि☺य मानव अधिकार आयोगले नै आयोजना गरेको कार्यक्रममा नेताहरुकै अगाडि हलमा सहभागी भएकाहरुले नारावाजी गरेका हुन् । आफ्ना कुरा सुन्न बोलाइएका नेताहरु नआएको र आएका पनि आफ्नो भाषण सकेर निस्केको भन्दै सहभागीले विरोध गरेका हुन् । यसरी नारावाजी गर्नेमा विभिन्न समयका द्वन्द्व पीडितहरु रहेका थिए ।

आयोगले बिहीबार संक्रमणकालीन न्यायको विषयमा द्वन्द्वपीडित र शीर्ष नेताबीच आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा यस्तो नारावाजी लागेको हो । पीडितले प्रमुख दलका शीर्ष नेतालाई कार्यक्रममा बोलाइएको भए पनि केही नेता आउँदै नआएको र केहीले भाषण गरेर निस्केको भन्दै नारावाजी गरे ।

नेकपाका अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति देउवा बोलाइएका थिए । प्रचण्ड कार्यक्रममा पुग्दै पुगेनन भने देउवा आफ्नो भनाइ राखेर चाँडै निस्किएका थिए । देउवा निस्किए लगत्तै द्वन्द्वपीडितले नेताहरुले आफूहरुको कुरा नसुनेको भन्दै नारावाजी गरेका थिए ।

Loading...