सञ्चालनमा रहेका ८ वटा राष्ट्रियस्तरका विकास बैंकहरुले चालु आर्थिक वर्षको चैतमसान्तसम्म ३ अर्ब ६९ करोड २७ लाख रुपैयाँ नाफा कमाएका छन् । यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ४.३५ प्रतिशत धेरै हो । गत वर्ष बैंकहरुको नाफा ३ अर्ब ५३ करोड ८८ लाख रहेको थियो ।
गत वर्षको भन्दा अहिले नाफामा झिनो सुधार आए पनि २ वटा बैंकको मात्र नाफा घटेको छ । नाफा सँगै बैंकको खुद ब्याज आम्दानी पनि १४ अर्ब ६५ करोडबाट बढेर १५ अर्ब ४५ करोड पुगेको छ । २ वटा बैंक बाहेक सबैको ब्याज आम्दानी बढेको हो ।
यसैबीच चैतसम्म सबै बैंकहरुको एनपीएल बढेको छ । ११ वटा विकास बैंकको एनपीएल औसतमा ५ प्रतिशतको हारहारीमा पुगेको छ ।
बिकास बैंकहले चालु आवको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दा सबैभन्दा कम खराब कर्जा मितेरी डेभलपमेन्ट बैंकमा देखिएको छ भने सबैभन्दा बढी खराब कर्जा क्षेत्रियस्तरको नारायाणी डेभलपमेन्ट बैंकमा देखिएको छ ।
मितेरीमा पछिल्लो अवधिमा ०.७८ प्रतिशत कर्जा खराब हुँदा नारायणीमा ४४.९६ प्रतिशत कर्जा खराब देखिएको छ । यस अवधिमा मितेरीले ९ करोड २४ लाख नाफा कमाउँदा नारायणीले १ करोड २६ लाख खुद नोक्सानी बेहोरेको छ ।
साथै मुक्तिनाथ बिकास बैंकले भने ७२ करोड ४८ लाख ५२ हजार नाफा कमाउँदा ४.४१ प्रतिशत कर्जा खराब देखिएको छ । कामना सेवा, महालक्ष्मी र साँग्रिला डेभलपमेन्ट बैकले भने चालु आवको तेस्रो त्रैमासमा क्रमशः ४९ करोड ३१ लाख ८४ हजार, ४३ करोड ६५ लाख ५९ जार र ४३ करोड ४२ लाख १८ हजार नाफा कमाउँदा क्रमशः ४.२७, ४.९९ र ४.९७ प्रतिशत कर्जा खराब देखिएको छ ।
गरिमा र ज्योति बिकास बैंकको क्रमशः ०.९७ र १.६६ प्रतिशत कर्जा खराब देखिएको थियो ।
अपिरिष्कृत वित्तीय विवरण अनुसार सिन्धु र लुम्बिनी बिकास बैंकको खराब कर्जा क्रमशः ८.६४ र ७.१८ प्रतिशत तथा ग्रीन डेभलपमेन्ट र कर्पोरेट डेभलपमेन्ट बैकको क्रमशः ४.८७ १३.०९ प्रतिशत कर्जा खराब देखिएको छ ।
गत आवको सोही उक्त बैंकहरुको खराब कर्जा क्रमशः ५.८६ र ४.९५ प्रतिशत रहेको थियो ।