काठमाडौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आजदेखि १० दिने बिदामा बसेका छन्। गभर्नर अधिकारी आज चैत्र ५ गतेदेखि बिदामा बसेका हुन् ।
उनी १० दिने अनिवार्य बिदामा बसेका हुन् । राष्ट्र बैंकले नै व्यवस्था गरेको वार्षिक अनिवार्य बिदा बाँकी रहेकोले गभर्नर अधिकारी विदामा बसेका हुन् ।
सार्वजनिक नियुक्त पाएका केही संस्था प्रमुख कार्यकाल समाप्त हुन एक महिनाअघि बिदा बस्ने चलन छ। यस अघिका केही गभर्नर पनि कार्यकाल सकिनु भन्दा १ महिना अगाडी नै विदा बसेका थिए ।
गभर्नर महाप्रसाद अधिकारीको ५ वर्षे कार्यकाल यही चैत २४ गते सकिँदै छ । २०७६ चैत २४ गते नियुक्ति पाएका उनले चैत २५ गतेदेखि कार्यभार सम्हालेका थिए ।
उनको कार्यकाल सकिन लागेसँगै सरकारले गभर्नर नियुक्ति प्रक्रिया अगाडि बढाउने ३ सदस्यीय सिफारिस समिति गठन गरेको छ ।