करिब २५ करोड सहित पक्राउ परेका ट्रक चालक यस् अघि सुन तस्करीमा संलग्न

२५ करोड बराबरको बिदेशी मुद्रा डलर र युरोसहित पक्राउ परेका व्यक्ति सिन्धुपाल्चोकका ३९ वर्षीय कुसान लामा रहेको खुलेको छ ।

गएराति प्रहरीले काठमाडौको टोखा नगरपालिका-१ झोरमा चेकजाँच गर्दा ना १ ख १६५२ नम्बरको ट्रकबाट सो रकम बरामद भएको थियो ।

डिएसपी अनिल घिमिरेको कमान्डमा रहेको प्रहरी टोलीले करिब २५ करोड नेपाली रुपैयाँ बराबरको अमेरिकी डलर, युरोलगायत विभिन्न मुलुकका मुद्रा मालवाहक ट्रकको अगाडि चालक क्याबिनमा फल्स बटन प्रयोग गरी लुकाइएको अवस्थामा फेला पारेको हो ।

प्रहरीका अनुसार ट्रक चालक लामा यसअघि सुन तस्करी प्रकरणमा समेत समातिएका थिए । उनी ७ किलो सुन सहित कलंकीबाट समातिएर पाँच वर्ष जेल बसी २०७८ मा छुटेका थिए ।

२५ करोडको सम्बन्धमा लामामाथि थप अनुसन्धान गरेपछि विस्तृत खुल्ने प्रहरीले जनाएको छ ।