क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँट भएको छ । कम्पनीको बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटलको कार्यालयमा आज बिहान बिहान ८ः३० बजे आईपीओ बाँडफाँट गरिएको हो ।
कम्पनीको आइपीओमा २० लाख ४८ हजार ५३८ आवेदकबाट २ करोड ४४ लाख ९२ हजार १७० कित्ता शेयरका लागि आवेदन परेको थियो । जसमध्ये भाग्यमानी १ लाख ८४ हजार ५ सय जनालाई १०–१० कित्ताका दरले आईपीओ परेको छ भने १८ लाख ६४ हजार ३८ जनाको हात खाली भएको छ ।
कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँबराबरको २२ लाख ५० हजार कित्ता सेयर आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो । प्रथम चरणमा गत माघ १५ गतेदेखि २९ गतेसम्म १० प्रतिशत अर्थात २ लाख २५ हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रेहका नेपालीका लागि निष्काशन गरेको थियो ।
कुल कित्तामध्ये ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५ सय कित्ता सामूहिक लगानी कोष र ३ प्रतिशत अर्थात ६७ हजार ५ सय कित्ता कर्मचारीका लागि छुट्टाई बाँकी रहेको १८ लाख ४५ हजार कित्ता आम सर्वसाधारणका लागि निष्काशन गरिएको हो ।
आईपीओकाे नतिजा एनएमबि क्यापिटलको वेबसाइट, मेरोसेयर अकाउन्टबाट हेर्न सकिनेछ । यसैगरी सीडीएस एन्ड क्लियरिङको वेबसाइट https://iporesult.cdsc.com.np/ र कम्पनीको वेबसाइटबाट पनि नतिजा हेर्न सकिनेछ ।