विदेशी पुनर्बीमा एजेन्टहरूलाई नेपालमा कार्यालय स्थापना गर्न अल्टिमेटम

काठमाडौ । नेपाल बीमा प्राधिकरणले विदेशी पुनर्बीमा एजेन्टहरूलाई नेपालमा कार्यालय स्थापना गर्न निर्देशन दिएको छ । प्राधिकरणले समय सीमा नै तोकेर निर्देशनात्मक अल्टिमेटम दिएको हो ।

बीमकको पुनर्बीमा निर्देशिका, २०८० बमोजिम हालसम्म कार्यालय स्थापना नगरेका विदेशी पुनर्बीमाका एजेन्टहरूलाई ३ महिनाभित्र कार्यालय स्थापना गर्न निर्देशन दिइएको हो ।

बीमकको पुनर्बीमा निर्देशिका, २०८० मा प्राधिकरणमा सूचीकरण भएका र सूचीकरण नम्बर प्राप्त गरेका पुनर्बीमा एजेन्टले भने ६ महिनाभित्र नेपालमा संयुक्त लगानीमा कम्पनी, शाखा वा सम्पर्क कार्यालय स्थापना गर्नु पर्ने भन्ने व्यवस्था रहेको छ ।