प्रेस सेन्टर नेपाल कर्णाली प्रदेशमा शर्माको नेतृत्वमा नयाँ कार्यसमिति

सुर्खेत । प्रेस सेन्टर नेपाल कर्णाली प्रदेशको तेस्रो अधिवेशनले प्रतीक इच्छुक शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

नव-निर्वाचित कार्यसमितिको उपाध्यक्षमा धर्मराज जि.सी, उपेन्द्र प्रसाद न्यौपाने र तुलसा रोका छन् । महासचिवमा असोक कुमार सिंह, तथा सचिवमा तिलकराज वली, नरजङ्ग तामाङ, जुना कुमारी रावत, प्रिमा कुमारी विश्वकर्मा (प्रेरणा) र तुलाराज चौलागाईं (आकाश) चयन भएका छन्। कोषाध्यक्षको जिम्मेवारी कृष्ण शर्माले सम्हाल्ने भएका छन् भने लेखासमिति संयोजकमा प्रचण्ड खत्री छन्।

त्यसैगरी, सदस्यहरूमा गोविन्द विश्वकर्मा, विक्रम तिरुवा (सलिन), राकेश वि.क., सुनिल महरा, रमिता खड्का मगर, इन्द्रबहादुर बुढाथोकी, कालिवहादुर नेपाली, रमेश जैसी, टिकाराज उपाध्याय, र कल्पना रावत रहेका छन्।

नव-निर्वाचित अध्यक्ष प्रतीक इच्छुक शर्माले कर्णाली प्रदेशमा प्रेस स्वतन्त्रता, पत्रकारिता क्षेत्रको सशक्तीकरण, तथा सञ्चारकर्मीहरूको हक-अधिकारका लागि नवनिर्वाचित कार्यसमितिले अग्रसर भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उक्त अधिवेशनमा नेकपा माओवादी केन्द्रका प्रदेश इन्चार्ज कालीबहादुर मल्ल, प्रेस सेन्टर नेपालका प्रदेश इन्चार्ज ओपेन्द्र शर्मा, प्रदेशका नेताहरू, अग्रज पत्रकार, विभिन्न सञ्चारमाध्यमका प्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

अधिवेशनले कर्णाली प्रदेशमा सञ्चार क्षेत्रको सशक्तीकरणका लागि प्रभावकारी रणनीति अपनाउने प्रतिबद्धता जनाएको छ।