काभ्रे । प्रेस सेन्टर नेपालको काभ्रेपलाञ्चोक जिल्ला शाखामा नयाँ नेतृत्व चयन भएको छ । बनेपामा सम्पन्न पाँचौं अधिवेशनबाट रामप्रसाद ढकालको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो ।
कार्यसमितिको उपाध्यक्षमा सुरज श्रेष्ठ र महिला उपाध्यक्षमा मायालु लामा रहेका छन् । सचिवमा चित्रप्रसाद घिमिरे (हरिहर), सह सचिवमा प्रशान्त बन्जारा र समावेसी सहसचिवमा बिजय जिम्बा रहेका छन् । त्यसैगरी कोषाध्यक्षमा मोतिलाल मोक्तान निर्वाचित भएका छन् ।
सिङ्गै कार्यसमिति निर्विरोध निर्वाचित भएको निवर्तमान अध्यक्ष रोजन तामाङले जनाएका छन् ।
अधिवेशनमा प्रेस सेन्टर नेपालका उपाध्यक्ष एवं बागमती प्रदेश इन्चार्ज लक्ष्मण खड्का महासचिव सन्तोष पौडेल, प्रदेश अध्यक्ष यदुनाथ गौतम लगायतको आतिथ्यता रहेको थियो ।
अधिवेशनको उद्घाटन भने पूर्व मन्त्री एवं प्रतिनिधि सभा सदस्य सूर्यमान दोङ लालध्वजले गरेका थिए । सो अवसरमा उनले देश र जनतालाई आहत पुर्याइरहेको सरकारको भन्डाफोर गर्नुपर्नेमा जोड दिए । जनपक्षीय पत्रकारिताको तागत देखाइदिन पनि उनले आग्रह गरेका थिए ।