जीवन बीमा कम्पनीले संकलन गरे १ खर्ब ८१ अर्ब बढी शुल्क, कसको कति?

काठमाडौं । गत आर्थिक वर्षको असारसम्ममा जीवन बिमा कम्पनीहरुले १ खर्ब ८१ अर्ब ४२ करोड रुपैयाँ बिमा शुल्क संकलन गरेका छन् ।

सञ्चालनमा रहेका १४ जीवन बिमा कम्पनीहरुले उक्त रकम बराबरको बिमा शुल्क संकलन गरेको बिमा प्राधिकरणले जानकारी दिएको छ ।

असारसम्म बिमा कम्पनीहरुले १ खर्ब ३७ अर्ब ७३ करोड रुपैयाँ नवीकरण बिमा शुल्क र ४० अर्ब १७ करोड रुपैयाँ प्रथम बिमा शुल्क संकलन गरेका छन् ।

गत आवमा सबैभन्दा धेरै बिमा शुल्क नेपाल लाइफ इन्सुरेन्स कम्पनीले संकलन गरेको छ। नेपाल लाइफ इन्सुरेन्सले ४८ अर्ब ३ करोड रुपैयाँ बिमा शुल्क उठाएको हो ।

सबैभन्दा कम बिमा शुल्क संकलन गर्नेमा सन नेपाल लाइफ इन्सुरेन्स रहेको छ । सन नेपाल लाइफ इन्सुरेन्सले ५ अर्ब ४५ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेको छ ।

राष्ट्रिय जीवन बिमा कम्पनीले ९ अर्ब ८५ करोड बिमा शुल्क संकलन गरेको छ ।

नेशनल लाईफले २२ अर्ब ४२ करोड संकलन गर्दा सुर्यज्योति लाइफले ११ अर्ब १८ करोड बिमा शुल्क संकलन गरेको छ । यस्तै, लाइफ इ. कर्पोरेशन (नेपाल) लिमिटेडले १९ अर्ब ९२ करोड, मेट लाइफले ६ अर्ब २५ करोड र एशियन लाइफ इस्योरेन्सले १० अर्ब २४ करोड बिमा शुल्क संकलन गरेको छ ।

यसैगरी, आइएमई लाइफ इस्योरेन्सले ५ अर्ब ६५ करोड, रिलायबल नेपालले ५ अर्ब २८ करोड र सिटिजन लाइफले ७ अर्ब ५१ करोड बिमा शुल्क संकलन गरेको छ । सानिमा रिलायन्स लाइफले ७ अर्ब, हिमालयन लाइफले १७ अर्ब ६६ करोड र प्रभु महालक्ष्मी लाइफले ५ अर्ब ३७ करोड बिमा शुल्क संकलन गरेको हो ।