पर्सा । वीरगञ्ज उद्योग वाणिज्य सङ्घको अध्यक्षमा हरि गौतम निर्वाचित भएका छन् ।
सङ्घको ४९औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट गौतमको अध्यक्षता नयाँ कार्यसमिति निर्वाचित गरिएको हो ।
कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा माधव राजपाल, द्वितीय उपाध्यक्षमा मनोज दास र महासचिवमा शिवजीप्रसाद कलवार निर्वाचित भए । त्यस्तै सचिवमा प्रेमचन्द्र गोयल, सुशान्त चाचान,कोषाध्यक्षमा अनोज रुङ्गटा, सहकोषाध्यक्षमा निरज अग्रवाल र सहसचिवमा नरेश टिवडेवाल र अनुप अग्रवाल निर्वाचित भएका छन् ।
पदाधिकारीमध्ये सहसचिव अग्रवालको पदका लागि मात्र मतदान भएको थियो । अन्य सबै पदाधिकारी निर्विरोध निर्वाचित भए ।
सङ्घको विधानअनुसार १२ जना पदाधिकारी रहने व्यवस्था छ ।