हिमालयन लाइफ इन्स्योरेन्समा छुट सुविधा

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले बिमितहरुका लागि छुट सुविधा ल्याएको छ । कम्पनीले व्यतीत बीमालेखमा लाग्ने विलम्ब शुल्क (ब्याज जरिवाना)मा छुट सुविधा ल्याएको हो ।

साबिकको प्राइम लाइफ इन्स्योरेन्स, यूनाइटेड लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सबाट विभिन्न मितिमा बीमा गराई ब्यतित भएका बीमालेखहरुमा कात्तिक १० गतेदेखि २२ गतेसम्ममा नवीकरण पुनर्जागरण गर्दा बीमा शुल्कमा लाग्ने विलम्ब शुल्कको ब्याज जरिवाना छुट हुने कम्पनीले जनाएको छ । तीनवर्षसम्मको बीमालेख व्यतीत अवधिमा ब्याज र जरिवाना शतप्रतिशत छुट हुने बताइएको छ ।

त्यस्तै, तीनवर्ष माथिदेखि ७ वर्षसम्मको अवधिको ब्याज र जरिवानामा ५० प्रतिशत छुट हुनेछ भने ७ वर्षदेखि जतिसुकै अवधिको ब्याज र जरिवानामा २५ प्रतिशत छुट प्रदान गरिने कम्पनीले जनाएको छ । यस किसिमको ब्यतित बीमालेखमा पुनर्जागरण गर्दा दिइएको छुट सुविधा बीमा अवधिभर एक पटक मात्र प्रदान गरिने कम्पनीले प्रष्ट पारेको छ ।

Loading...