नयाँ आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक(पढ्नुस् पूर्णपाठ)

Governor Nepal Rastra Bank
Governor Nepal Rastra Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार नयाँ आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेको छ ।

आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमार्फत् मुलुकको अर्थतन्त्रमा सुधार ल्याउने उद्देश्यले विभिन्न रणनीतिहरु अघि सारिएको देखिन्छ ।

शुक्रबार राष्ट्र बैंकका गर्भनर डा.विश्वनाथ पौडेलले सार्वजनिक गरेको मौद्रिक नीतिमा कोभिड पछिको अर्थतन्त्र उकास्न ब्याजदर करिडोरको अन्तराष्ट्रिय असल अभ्यास अवलम्बन गर्ने प्रतिवद्धता जनाइएको छ ।

गर्भनर पौडेलले ब्याजदर करिडोर संरचनाको कार्यान्वयनबाट मौद्रिक नीतिको सञ्चालन लक्ष्यको अनुगमन गर्न र नीतिगत पारदर्शिता तथा जवाफदेहिता अभिवृद्धि गर्न सहयोग पुग्ने बताएका छन् ।

ब्याजदरमा आधारित मौद्रिक प्रसार थप सुदृढ बनाउन व्याजदर करिडोरको कार्यान्वयनमा अन्तर्राष्ट्रिय असल अभ्यास अनुसरण गर्दै करिडोरको विद्यमान माथिल्लो र तल्लो सीमाको अन्तर घटाई साँघुरो बनाउन आवश्यक छ ।

त्यसैगरी, खुला बजार कारोबारलाई प्रभावकारी बनाउन तरलता प्रवाह र प्रशोचनका व्यवस्थाहरूमा सुधार गर्दै अल्पकालीन व्याजदरहरू करिडोरको सीमाभित्र कायम राख्न ब्याजदरसम्बन्धी नीतिगत सुधारमा ध्यान दिनु पर्ने भएको छ, मौद्रिक नीतिमा भनिएको छ ।

पछिल्लो समय मुद्रास्फीति न्यून रहेको र विदेशी विनिमय सञ्चिति सुविधाजनक अवस्थामा रहेतापनि विश्व अर्थतन्त्रमा बेलाबखत देखिने भूराजनैतिक तनाव, व्यापार असहजता र कच्चा तेलको मूल्यमा हुने उत्तार चढावबाट उत्पन्न हुने जोखिमलाई ध्यान दिनु पर्ने हुन्छ ।

मुद्रास्फीति, व्यापार घाटा, विप्रेषण आप्रवाह, शोधनान्तर जस्ता प्रमुख आर्थिक तथा वित्तीय परिसूचकहरूको नियमित अनुगमन गरी कर्जा विस्तारबाट मूल्य र बाह्य क्षेत्रमा दवाव पर्न नदिने गरी मौद्रिक व्यवस्थापन गर्न जोड दिनु पर्ने मौद्रिक नीतिमा भनिएको छ ।

मौद्रिक नीतिको पूर्ण पाठ