काठमाडौं । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेको छ ।
नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उनलाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेका हुन् ।
गभर्नर महाप्रसाद अधिकारी आफ्नो ५ वर्षे कार्यकाल पूरा गरेर शुक्रबार बिदा भएसँगै तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकिएको हो ।
अब बस्ने क्याबिनेटले गभर्नर नियुक गर्ने बताइएको छ ।