बैंकका शाखाप्रबन्धकनै नक्कली सुनमा मुछिएपछि जेल चलान

नेपालगञ्ज, ९ साउन । बैंकको करोडौ रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका सिटिजन्स बैंकका एक शाखा प्रवन्धकसहित ७ जनालाइ जेल चलान गरिएको छ ।

सिटिजन्स् बैंक लिमिटेड नेपालगञ्ज शाखामा भएको नक्कली र कम तौलको सुन धितो काण्डमा बैंकका प्रबन्धकसहित सात जनासँग जनही २५ लाख धरौटी माग गरेको छ।

उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले बुधबार सात जनासँग जनही २५ लाख धरौटी मागेको हो। सात जनामध्ये ईश्वर सुनारमात्रै धरौटी बुझाएर छुटेका छन्। ६ जना धरौटी बुझाउन नसकेपछि कारागार चलान भएका छन्।

बैंकमा सुन धितो राखेर रकम निकाल्ने चार जना तथा बैंकका प्रबन्धक विवेक स्वाँर, सहायक प्रवन्धक शंकर जोशी, खजाञ्ची ज्योति सुनार, सुन धितो राख्ने ईश्वर सुनार, रमेश सुनार, दीपक विश्वकर्मा, दीपेन्द्र विश्वकर्मासँग अदालतले जनही २५ लाख माग गरेको थियो।

सिटिजन्स बैंक नेपालगञ्ज शाखाका प्रबन्धक स्वाँरले बैंक ठगी काण्डमा संलग्नले अन्य रकम फिर्ता गरे पनि हाल बैंकलाई तिर्न बाँकी रकम ३ करोड २७ लाख रुपैयाँ तिर्न आनाकानी गरेपछि बैंकमा ठगी काण्ड भएको उजुरी आफैले गरेका थिए।

प्रहरीले उनकै उजुरीको आधारमा छानबिन शुरु गरेको थियो। सो घटनामा सहायक प्रवन्धक जोशी, बैंकको मुख्य अभियोगी क्यासियर ज्योति र अन्य सुन धितो राख्न आउने १० जना माथि अनुसन्धान गरिएको थियो।

उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलास १ नम्बर बेन्चमा न्यायाधीश बिष्णुदेव पौडेलको इजलासले सो आदेश गरेको थियो।

Loading...