बुटवल । भारतको जम्मु काश्मिरस्थित पहलगाम पर्यटकीय क्षेत्रमा भएको आतंकवादी हमलामा पर्ने नेपालीको पहिचान खुलेको छ।
हमलामा मारिने २६ वर्षिय सुंदिप न्यौपाने रुपन्देही, बुटवलका भएको पहिचान खुलेको हो । न्यौपाने वुटवल–११, कालिकानगरका भएको पारिवारिक श्रोतले बताएको छ ।
न्यौपाने धरानमा पब्लिक हेल्थ पढ्दै गरेका विद्यार्थी भएका परिवारको भनाइ छ । उनी आमा र बहिनी ज्वाइँ सहित इन्डिया भ्रमणमा निस्केका थिए ।
मंगलबार दिउँसो हमलाकारीले उनको जात र धर्म सोध्दै गोली हानेका पारिवारिक श्रोतले जनाएको छ ।
घटनामा उनको आमा पनि घाइते भएकी छन् भने घटनाको खबरले बुबा बिक्षिप्त बनेका छन् । उनी परिवारका एक्ला छोरा हुन ।
सो आतङ्ककारी हमलाको रास्ट्रपति रामचन्द्र पौडेल, परराष्ट्र मन्त्री आरजु राणा लगायतले बिज्ञप्तिमार्फत निन्दा गरेका छन् ।
सो हमलामा परी २६ जनाको ज्यान गएको छ ।