
बुटवल । लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीले संस्थापक अध्यक्ष भेषराज पोख्रेल (राज) को जन्मदिन पारेर रक्तदान कार्यक्रम गरेको छ । बर्ष २०२६-२७ का अध्यक्ष लियो लक्ष्मण खनालले संस्थापक अध्यक्षको जन्मदिन र आफ्नो कार्यकालको पहिलो कार्यक्रम रक्तदान जस्तो मानवीय कार्यबाट सुरु गर्न पाँउदा खुशी व्यक्त गरेका छन् ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका प्रशासन प्रमुख प्रेम गौतमको प्रमुख आतिथ्यता र नेपाल स्वयंसेवि रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहानको विशेष आतिथ्यतामा शनिवार सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गौतमले युवाहरूले अस्पतालमै आएर रक्तदान गरेकोमा प्रसंशा गर्दै रगतको दुरुपयोग हुन नदिने र सर्वसाधारण बिरामीले सहज रुपमा पाउने प्रतिवद्वता व्यक्त गरे ।
रक्तदाता समाजका अध्यक्ष चौहानले सरकारको मापदण्ड बमोजिम ब्लड बैंकहरु संचालित नभएकाले आगामी दिनमा यसलाई परिमार्जित गरि अत्यन्तै न्यून शुल्कमा रगत उपलब्ध गराउनुपर्नेमा जोड दिए ।
लियो जिल्ला परिषद ३२५ पि नेपालको उत्कृष्ट क्लब लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीले युवा नेतृत्व , समाज रुपान्तरण, शिक्षा , स्वास्थ्य, खानेपानी , सरसफाइ लगायतका क्षेत्रमा अग्रपंक्तिमा रहि काम गर्दै आइरहेको र आज आफ्नै जन्मदिनको अवसरमा रक्तदान आयोजना गरेकोमा संस्थापक अध्यक्ष भेषराज पोख्रेलले यसमा संलग्न सम्पुर्णलाई कृतज्ञता व्यक्त गरे ।
बिरामीले ब्लड बैंकमा धाउन नपरोस र अस्पतालमै सहज रुपमा रगत उपलब्ध होस भन्ने उद्देश्यले सरकारी अस्पतालमा सो कार्यक्रम गरिएको संयोजक गोकुल भण्डारीले जानकारी गराए ।
रक्तदान कार्यक्रममा बुटवलका १८ देखि ३० बर्षका ८० युवाहरूले रक्तदान गरेका आयोजकले जनाएको छ ।
कार्यक्रममा क्लबका पुर्व अध्यक्षहरु लियो लायन श्रीधर बस्याल , सुनिल कुवर, जीवन थापा क्षेत्री, अशोक श्रेष्ठ लगायतको विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष कविराज भुसालले गरेका थिए भने धन्यवाद मन्तव्य द्वितीय उपाध्यक्ष लियो खिम थापाको रह्यो । कार्यक्रमको संचालन भने सचिव कुशल पाण्डेले गरेका थिए ।





