बुटवलमा युवतीमाथि गोली प्रहार

बुटवल । बुटवल उपमहानगरपालिका -११, बुद्धनगरमा एक युवतीमाथि गोली प्रहार भएको छ । गोली लागेर उनी गम्भीर घाईते भएकी छन् ।

पाल्पा रैनादेवी छहरा घर भई बुटवल बुद्धनगरमा बस्दै आएकी युवती टिका बिष्ट क्षेत्रीलाई गोली लागेको प्रहरीले पुष्टि गरेको छ । उनको कम्मर माथि ढाडमा गोली लागेको प्रहरीले जनाएको छ। 

घाईते युवतीको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । उनी होटल सञ्चालक समेत हुन् ।

प्रेम प्रस्ताव अस्वीकार गर्दा एक भारतीय युवकले गोली हानी भागेको भनिएपनि त्यसको पुष्टि भएको छैन ।

घटनाको अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।