हस्तकला उत्पादक संघको नेराकस अध्यक्षमा श्रेष्ठ

काठमाडौ । नेपाल राष्ट्रिय कर्मचारी संगठन, हस्तकला उत्पादक संघको केन्द्रीय समितिमा सत्यराम श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । रविभवनमा सम्पन्न सातौं अधिवेशनले श्रेष्ठको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन सरकारी स्वायत्त संघका अध्यक्ष प्रकाश अवालेको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा विशिष्ठ अतिथि विष्णु कुमार श्रेष्ठ र अथिति निर्मला बस्नेत रहेका थिए ।

अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि प्रकाश अवालेले कर्मचारीहरुको वास्तविक संगठन नेपाल राष्ट्रिय कर्मचारी संगठन मात्र भएको बताए । कर्मचारीहरुले पेशागत हकहितमा मात्र केन्द्रीत नरही देशका बिकृति र बिसङगती बिरुद्ध पनि आवाज उठाउनु पर्नेमा उनले जोड दिए ।

देशमा भ्रष्टाचार रोगमा रुपमा रहेकोले नेपाल राष्ट्रिय कर्मचारी संगठनमा आवद्ध कर्मचारीले भ्रष्टाचार नगर्ने मात्र होइन, गर्नेहरुको भन्डाफोर गर्न पनि उनले निर्देशन दिए ।

सो अवसरमा उनले संगठनमा सहयोग पुर्याउदै आएकाहरुलाई प्रशंसा पत्र पनि प्रदान गरेका थिए ।