बुटवल बसपार्क क्षेत्रमा सरसफाई

बुटवल । सरकारले सञ्चालन गरेको सरसफाई सप्ताह अभियानप्रति ऐक्यबद्धता जनाउँदै सोमबार बुटवल बसपार्क क्षेत्रमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ।

रुद्रगण र MRR Team Butwal को संयुक्त आयोजनामा भएको कार्यक्रममा बसपार्क परिसर तथा आसपासका क्षेत्रमा सरसफाई गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा युवाहरूको सक्रिय सहभागिता रहेको थियो।

सहभागीहरूले सार्वजनिक स्थललाई स्वच्छ र सफा राख्न सबै नागरिक सचेत हुनुपर्नेमा जोड दिएका थिए। उनीहरूले वातावरण संरक्षण र स्वच्छ शहर निर्माणका लागि यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने बताएका छन्।

सरसफाई सप्ताह अभियानअन्तर्गत विभिन्न स्थानमा सरसफाई, जनचेतनामूलक कार्यक्रम तथा वातावरण संरक्षणसम्बन्धी गतिविधि सञ्चालन भइरहेका छन्।

MRR