प्रधानमन्त्रीले पेलेपछि मेयरले प्रयोग गरे नगर प्रहरी, उपमेयर सुनितालाई सास्ती

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोललाई सास्ती भएको छ । आफू नेकपा एमालेबाटै उपमेयर निर्वाचित भएकाले प्रधानमन्त्री केपी ओली र  सरकारको पक्षमा उभिनु उनको बाध्यता बनेको छ । मेयर बालेन शाहले प्रमुख प्रशसकीय अधिकृतलाई कार्वाही गर्ने भनिरहँदा उहीँ कार्यकारी सरकारले पठाइदिएपछि सरकार र बालेन आमने सामने भएका छन् । उनलाई रोक्न मेयरले नगर प्रहरी परिचालन गरेका […]

सर्बिया पठाइदिन्छु भन्दै ३२ लाख ठगेको आरोपमा भक्तपुरका माक पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–५ घर भएका २८ वर्षीय सुरेश माक रहेका प्रहरीले जनाएको छ । माक कागेश्वरी मनोहरा नगरपालिका–४ बस्दै आएका र प्रहरीले उनलाई बौद्धबाट पक्राउ गरेको बताइएको छ ।  उनले सर्बिया पठाइदिन्छु भन्दै […]

आन्दोलनरत शिक्षकलाई बार्तामा आउन शिक्षा मन्त्रालयको आग्रह

काठमाडौं, । आन्दोलनरत शिक्षकहरूलाई बार्ता र संबादमा आउन शिक्षा मन्त्रालयले अनुरोध गरेको छ । गत बुधवार देखि काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएका शिक्षक तथा बिधालय कर्मचारीलाई बार्ता र संबादमा आउन मन्त्रालयले अनुरोध गरेको हो । आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले प्रेस विज्ञप्ती जारी गर्दै छलफल गर्न र साझा धारणा निर्माण गर्न मन्त्रालय […]

सरकार र नेपाल स्काउट शुद्धिकरण अभियानबीच ५ बुँदे सहमति, अनशन स्थगित

ललिता साह, काठमाडौ । नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयले सहसचिव सुवास चन्द्र शिवाकोटीको नेतृत्वमा गठन गरेको सरकारी वार्ता टोली र नेपाल स्काउट शुद्धिकरण अभियानको वार्ता टोलीबिच ५ बुँदे सहमति भएको छ । मन्त्रालयमा बुधबार अबेर भएको सहमतिअनुसार अनसन टोडिएको हो । सहमति संगै  युवा तथा खेलकुद मन्त्री तेजु लाल चौधरीले अनसन स्थलमै पुगि ८ […]

स्कूल छोडी हजारौं शिक्षक सडकमा, काठमाडौंका मेयरले गरे आन्दोलनको प्रशंसा

काठमाडौ । नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरका सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले राजधानीमा प्रदर्शन गरेका छन् । हजारौं शिक्षक कर्मचारीले आजबाट अनिश्चितकालीन सडक संघर्ष शुरु गरेका हुन् । शिक्षा ऐन नल्याएको र पटक पटक शिक्षक कर्मचारीसंग गरिएका सम्झौता सरकारले पालना नगरेका कारण सडक आन्दोलन गर्नुपरेको शिक्षक नेता शंकर अधिकारीले जानकारी दिए । शिक्षा ऐनमार्फत शिक्षक […]

प्रतिनिधि सभा सदस्य बोहराको निधन

काठमाडौं । प्रतिनिधि सभा सदस्य दिपक बोहोराको निधन भएको छ । ७८ वर्षको उमेरमा मंगलबार उनको निधन भएको हो । राप्रपाका नेता बोहराले रुपन्देही- ३ बाट नेपाली कांग्रेसका बालकृष्ण खाणलाई पराजित गर्दै प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन् ।  रुपन्देहीमा उनले सुरु गरेको “भैरहवा लुम्बिनी भुमिगत जलपरियोजना” भैलुभुज को कारण उनी लोकप्रिय रहेका छन् । […]

सुनको भाउ बढेको बढयै

काठमाडौं । पछिल्लो समय सुनको भाउ बढेको बढयै छ । जसअनुसार आज पनि भाउ बढेर १ लाख ७९ हजार ७०० रूपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य १ हजार ८ सय रूपैयाँ बृद्दी भएर यस कीर्तिमानी बिन्दुमा पुगेको हो । हिजो छापावाल सुनको मूल्य १ लाख ७७ हजार ९०० […]

घट्दै अमेरिका जाने विदेशी पर्यटक

न्युयोर्क, १९ चैत । अमेरिका सधैं विश्वको सबैभन्दा लोकप्रिय पर्यटकीय गन्तव्य मध्ये एक भएको छ, तर पछिल्ला महिनाहरूमा विदेशी पर्यटकको संख्या घटेको छ। राजनीतिक वातावरण, बढ्दो शुल्क र ट्राभल नीतिमा आएको परिवर्तन नै यो घट्नुको प्रमुख कारण रहेको विज्ञहरू बताउँछन् । अमेरिकाले सन् २०२३ मा ६६।५ मिलियन पर्यटकलाई स्वागत गरेको थियो भने २०२४ मा त्योभन्दा […]

स्वास्थ्य लाभ गर्दै पूर्व मन्त्री बस्नेत

भक्तपुर । पूर्व उद्योग मन्त्री एवं नेकपा (एमाले) का पोलिट्ब्युरो सदस्य महेश बस्नेत डिस्चार्ज भएका छन् । पिसाब नलीमा अचानक समस्या देखिएपछि उनी दुई दिन अघि काठमाडौको महाराजगन्जस्थित शिक्षण अस्पतालमा भर्ना भएका थिए । राजाबादीको तीनकुने बितण्डा बिरुद्ध युवा संघले सोमबार गरेको मोटरसाइकल र्याली र शक्ति प्रदर्शनमा बस्नेत नदेखिएको प्रति चासो राख्दा उनी अस्पतालमा रहेको […]

८ लाख बेरोजगार सूचीकृत हुँदा ५ हजारलाई रोजगारी

काठमाडौं । सरकारले मुलुकमा ९ हजार बढी प्रतिष्ठान रहेको बताए पनि त्यसबाट पर्याप्त रोजगारी प्राप्त हुन सकेको छैन । मुलुकमा पर्याप्त रोजगारी नहुँदा नेपालीको लागि विकल्पको रुपमा वैदेशिक रोजगारी रहेको छ । सरकारले स्वदेशमा रोजगारी दिने उद्देश्यले र युवायुवतीहरुलाई स्वदेशमा रोक्ने उद्देश्यको साथ ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रम पनि प्रभावकारी रुपमा सञ्चालन हुन नसक्दा बेरोजगारी समस्या […]