भक्तपुर । सुप्रसिद्ध गीतकार सुभाषचन्द्र ढुङ्गेल सम्मानित भएका छन् । चाेट के हाे व्यथा के हाे, जति चाेट दिन्छ्याै देऊ मायालु, फूल झरे पनि काँडा झर्दैन लगायत दर्जनौं गीतका सर्जक गीतकार ढुङ्गेेललाई गृह जिल्ला भक्तपुरमा सम्मान गरिएको हो ।
नवौं भक्तपुर औद्योगिक साँस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सवको समापन समारोहमा सूर्यविनयक-५ कटुन्जे भक्तपुर घर भएका ६४ वर्षिय गीतकार ढुङ्गेेल सम्मानित भएका हुन् ।
महोत्सव आयोजक औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डले उनलाई नगद र कदर पत्रसहित सम्म्मान गरेको हो ।
सो अवसरमा सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले गीतकार ढुङ्गेेल नगर र जिल्लाको मात्र नभई देशकै गहना भएका बताए । उनले सम्मानको संस्कृतीलाई निरन्तरता दिएकोमा आयोजकलाई धन्यवाद दिएका थिए ।
चैत २८ गतेदेखि भक्तपुरको सल्लाघारीमा भएको महोत्सवमा ३ लाख बढी मानिसले अवलोकन गरेका र २ करोड बढीको कारोबार भएको महोत्सव संयोजक दीपक थापाले जानकारी दिएका छन् ।