उर्जा राज्यमन्त्री बर्खास्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उर्जा राज्यमन्त्री कान्छाराम तामाङलाई बर्खास्त गरेका छन् ।

नेपाल बिधुत प्राधिकरणका पुर्व निर्देशक कुलमान घिसिङको पक्षमा लागेर बिभागीय मन्त्री दिपक खडकालाई असहयोग गरिरहेको आरोप लागिरहेको बेला तामाङ बर्खास्तमा परेका हुन् ।

उता, शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको स्थानमा संसदीय समितिमा सहभागिताको लागि भूमि ब्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारीलाई जिम्मेवारी दिइएको छ ।

अपडेट : प्रधानमन्त्रीको सिफारिसमा रास्ट्रपति रामचन्द्र पौडेलले नयाँ शिक्षा मन्त्री नियुक्त गरेका छन् । प्रतिनिधि सभा सदस्य रघुजी पन्त सो पदमा नियुक्त भएका हुन् । उनको सपथ ग्रहण भने भोलि बिहीबार हुने बताइएको छ ।