भक्तपुर । स्वास्थ्य सेवा क्षेत्रमा स्थानीय सरकारबीचको सहकार्य र समन्वयको राम्रो उदाहरण प्रस्तुत गर्दै कागेश्वरी मनोहरा नगर अस्पताल, काठमाडौंले चाँगुनारायण नगर अस्पताल, भक्तपुरलाई एक थान CLIA मेशिन हस्तान्तरण गरेको छ।
उक्त मेशिन हस्तान्तरणपछि चाँगुनारायण अस्पतालबाट थाइराइड, भिटामिन लगायतका परिक्षणहरू सहज रूपमा उपलब्ध हुने भएका छन् ।
यसले भक्तपुर क्षेत्रका नागरिकहरूलाई स्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने स्थानीय सरकारको उदेश्यमा उल्लेखनीय योगदान हुने चाँगुनारायण नगरपालिकाकी अधिकृत आशा माझीले बताइन् ।
बुधवार मेशिन हस्तान्तरण गर्दै नगर अस्पतालका अध्यक्ष एवं कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले स्वास्थ्य सेवामा दुई नगरपालिकाबीच सहकार्य गर्दैजाने बताए ।
सो अवसरमा चाँगुनारायण नगरपालिका प्रमुख जीवन खत्रीले धन्यवाद ज्ञापन गर्दै दुई नगरपालिका असर छिमेकीको रुपमा रहेको र एक आपसमा सहयोग र सहकार्य जारी राख्ने जानकारी गराए ।
स्थानीय सरकारहरूबीचको यस्तो सहकार्यले सार्वजनिक स्वास्थ्य सेवा प्रणालीलाई अझ प्रभावकारी, सहज र नागरिकमैत्री बनाउने उनले बिश्वास ब्यक्त गरेका छन् ।