इसेवाको “झ्याप्पै ट्रान्सफर–च्याप्पै बोनस” अफर, १ लाखसम्म जित्ने अवसर

काठमाडौ । नेपालको पहिलो डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले “झ्याप्पै ट्रान्सफर–च्याप्पै बोनस” अफर सार्वजनिक गरेको छ।

उक्त अफर आज वैशाख १० गतेदेखि वैशाख २४ गतेसम्म दुईसाता सञ्चालन हुनेछ।

यस अवधि भरि इसेवाबाट बैंक तथा सहकारीमा रकम ट्रान्सफर गर्दा हरेक दिन दुई जना भाग्यशाली प्रयोगकर्ताले ५–५ हजार रुपैयाँको बोनस जित्न सक्नेछन् भने एक जना भाग्यशाली विजेताले १ लाख रुपैयाँ जित्ने अवसर प्राप्त गर्ने कम्पनीले जनाएको छ।

यस अफर अन्तर्गत अन्तर्गत क्यूआर स्क्यान, इसेवा डाइरेक्ट वा खाता नम्बर प्रयोग गरी बैंकमा रकम ट्रान्सफर (बैंक ट्रान्सफर) गर्ने तथा क्यूआर स्क्यान वा खाता नम्बर प्रयोग गरी सहकारीमा रकम ट्रान्सफर (सहकारी डिपोजिट) गर्ने सबै प्रयोगकर्ताहरू पुरस्कारको लागि स्वतः योग्य हुने बताइएको छ ।