तस्कर पछ्याउँदा दुर्घटना : स्थानीयले कुटे ससस्त्र, सडक अवरुद्ध

सञ्जय मिश्रा, रौतहट । रौतहटको कटहरिया नगरपालिका ४ स्थित लालबकैया नदीको पुल छेउमा सशस्त्र प्रहरीले किराना सामान बोकेको एकजना तस्कर लाई पछ्याउँदै गर्दा ३ वटा मोटरसाईकल जुधेर ठूलो दुर्घटना भएको छ। बुधवार अपरान्ह साढे तीनबजेको समय दुईवटा बोरामा किराना सामान बोकेका  ग ४प ४०७३ नम्बरको मोटरसाईकल हेरेर पुलको पश्चिम तर्फ बसेको सशस्त्र प्रहरीको गस्ती टोलीले […]

आज बागमती प्रदेशमा सार्वजनिक बिदा

काठमाडौं । आज बागमती प्रदेशमा सार्बजनिक बिदा रहेको छ। प्रदेश सरकारको सरकारी कामकाजको भाषा सबन्धी दिवसको अवसरमा बागमती प्रदेशभर सार्बजनिक बिदा दिने निर्णय भएको हो । प्रदेश सभाले सरकारी कामकाजको भाषामा नेपाल भाषा(नेवारी) र तामाङ भाषालाई मान्यता दिने निर्णय गरेपछि आजकै दिन अघिल्लो मुख्यमन्त्री शालिकराम जमकट्टेल नेतृत्वको प्रदेश सरकारले सोको कार्यान्वयन गर्ने निर्णय गर्नुका साथै […]

बाथरुममा चिप्लिदाँ पूर्वप्रधानमन्त्री प्रचण्डको निधारमा चोट

prachanda-fine

ललितपुर । गएराती बाथरुममा चिप्लिएर पूर्वप्रधानमन्त्री एवं नेकपा(माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड घाइते भएका छन् । उनको निधारमा सामान्य चोट लागेको उनका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले बताए । बाथरुममा अचानक चिप्लिएर निधारमा चोट लागेपछि तत्कालै उनलाई नजिकै रहेको मेडिसिटि अस्पताल पुर्याइएको र चेकजॉचपछि चिकित्सकले बाहिरी चोट मात्र रहेको बताएका उनकी छोरी गङ्गा दाहालले जानकारी गराइन […]

माओवादी केन्द्रको भक्तपुर नगर अध्यक्षमा दोहोरिए सुवाल, ३९ सदस्यीय समिति सर्वसम्मत

भक्तपुर । नेकपा (माओवादी केन्द्र) को भक्तपुर नगर अध्यक्षमा राकेश सुवाल दोहोरिएका छन् । मंगलबार सम्पन्न तेस्रो नगर सम्मेलनले सुवालको अध्यक्षतामा ३९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा तत्कालीन अन्तरिम संसदमा सांसद समेत रहेकी नारायण देवी श्रेष्ठ निर्वाचित भएकी छन् भने अन्य उपाध्यक्षहरुमा नारायण सुन्दर त्वयना र बिकास लाखे निर्वाचित भएका […]

घर झगडाले गयो जोईपोइकै ज्यान

पोखरा । पोखरामा श्रीमतीको हत्या गरेर एक व्यक्तिले आत्महत्या गरेका छन् । पोखरा १७ का ऋषिराम बरालले श्रीमतीको हत्या गरेपछि आफूले आत्महत्या गरेका हुन् । घरायसी झगडा परेपछि उनले श्रीमती देवीमाया पराजुलीको हत्या गरेका प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । ‘दुईजना श्रीमती हुनुहुँदो रहेछ । कान्छी श्रीमतीसँग बस्नुहुने रहेछ,’ प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले भने, ‘घरायसी […]

रगत तान्न, रिपोर्ट लिन र बच्चालाई खोप लगाउन समस्या भएको गुनासो

पोखरा । एचआईभी संक्रमित जनजाति महिलाहरूले आफूहरूको सबै समस्या वर्षौंदेखि कागजमा थन्क्याइएको भन्दै आक्रोश पोखेका छन् । उनीहरूले एचआईभी एड्सको क्षेत्रमा कार्यरत सरकारसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले आफूहरूको समस्या संकलन गर्ने, तर ती समस्याको समाधानमा ध्यान दिने नगरेको गुनासो गरे । एचआईभी एड्सको क्षेत्रमा काम गर्दै आएको सुरुवातले कास्कीको पोखरामा आयोजना गरेको एचआईभी संक्रमित […]

भक्तपुरका सूचना अधिकारीहरुलाई सूचनाको हकबारे अभिमुखीकरण

भक्तपुर । भक्तपुर जिल्लामा रहेका सरकारी कार्यालयका सूचना अधिकारीहरुलाई सूचनाको हकबारे अभिमुखीकरण गरिएको छ । जिल्ला हुलाक कार्यालयको आयोजनामा मंगलबार ‘सूचनाको हक संरक्षणमा सूचना अधिकारीको भूमिका’ विषयक अभिमुखीकरण गरिएको हो । कार्यक्रममा सूचनासम्बन्धी अभियन्ता एवं राष्ट्रिय सूचना आयोगका पूर्व आयुक्त रत्नप्रसाद मैनालीले नागरिकले मागेको सूचना दिनु सूचना अधिकारीको काम र कर्तब्य भएको भन्दै त्यसमा आलटाल […]

नेपाली सेनालाई चाहियो शिक्षक, हेर्नुस् सूचना

nepal army HQ

काठमाडौं । नेपाली सेनाले २ कर्मचारी र ३० जना शिक्षकका लागि दरखास्त आह्वान गरेको छ।  सोमबार एक सूचना जारी गर्दै देशभरका विभिन्न सैनिक विद्यालयका लागि सेनाले शिक्षक र कर्मचारी माग गरेको हो । सैनिक कल्याणकारी निर्देशनालयद्वारा प्रकाशित सूचनामा उल्लेख भएअनुसार, शिक्षक तथा कर्मचारीहरूलाई दैनिक ज्यालादारी प्रणालीअनुसार पारिश्रमिक उपलब्ध गराइनेछ। उनीहरूलाई करार सेवामा नियुक्त गरिनेछ । […]

मध्यपुर थिमिका सूचना अधिकारी सिलवाल लगायत सम्मानित

भक्तपुर । सूचनाको हक प्रभावकारी कार्यान्वयन गरेको भन्दै मध्यपुर थिमि नगरपालिकाका सूचना अधिकारी केशव सिलवाललाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्मान गरेका छन्। राष्ट्रिय सूचना आयोगको १८औँ वार्षिकोत्सवको अवसरमा शीतल निवासमा आयोजित कार्यक्रममा सिलवाललाई नगद ३० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको हो। आयोगले सूचनाको हकलाई सर्वसाधारणसम्म पुर्‍याउने कार्यमा उल्लेखनीय योगदान दिएको आधारमा सिलवाललाई ‘उत्कृष्ट सूचना अधिकारी’ को […]

प्रहरी बृत्त थिमिका प्रमुख भन्छन् – पत्रकार भनेका ऐना हुन्

भक्तपुर । पाँच दिन अघि जिल्ला प्रहरी बृत्त थिमिको प्रमुखमा पदबहाली गरेका डिएसपी नवराज ढुङ्गानाले पत्रकारसंग भेटघाट गरेका छन् । सोमबार पत्रकार संग कुराकानी गर्दै डिएसपी ढुङ्गानाले शान्ति सुरक्षालगायतका विषयमा पत्रकारिता जगतको उल्लेखनीय भूमिका रहने बताएका छन् । उनले पत्रकारलाई ऐनाको रुपमा आफूले बुझ्ने बताए । पत्रकार समाजको ऐना भएका भन्दै उनले पत्रकारिता मार्फत बृत्तको […]