नेपाली सेनालाई चाहियो शिक्षक, हेर्नुस् सूचना

काठमाडौं । नेपाली सेनाले २ कर्मचारी र ३० जना शिक्षकका लागि दरखास्त आह्वान गरेको छ। 

सोमबार एक सूचना जारी गर्दै देशभरका विभिन्न सैनिक विद्यालयका लागि सेनाले शिक्षक र कर्मचारी माग गरेको हो ।

सैनिक कल्याणकारी निर्देशनालयद्वारा प्रकाशित सूचनामा उल्लेख भएअनुसार, शिक्षक तथा कर्मचारीहरूलाई दैनिक ज्यालादारी प्रणालीअनुसार पारिश्रमिक उपलब्ध गराइनेछ। उनीहरूलाई करार सेवामा नियुक्त गरिनेछ ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले यही वैशाख २८ गतेभित्र आवेदन दिन सक्ने सूचनामा भनिएको छ ।

सेनाले सञ्चालन गरिरहेका शैक्षिक संस्थाहरू सैनिक आवासीय मावि भक्तपुर, विजेश्वरी ज्ञान मन्दिर, सैनिक महाविद्यालय विजेश्वरी, रिपुमर्दिनी सैनिक महाविद्यालय बाँसवारी रहेका छन् । त्यस्तै, स्वेततारा पूर्व प्राथमिक सैनिक विद्यालय छाउनी, सैनिक आवासीय महाविद्यालय बुटवल, पोखरा, महोत्तरी, चितवन लगायतका स्थानहरूमा काम गराउने गरी शिक्षक कर्मचारी  माग गरिएको हो।

हेर्नुस सूचना 

VacancyNoticeKalyankari20820122 (1)

https://www.nepalarmy.mil.np/notices/notices