आज बागमती प्रदेशमा सार्वजनिक बिदा

काठमाडौं । आज बागमती प्रदेशमा सार्बजनिक बिदा रहेको छ।

प्रदेश सरकारको सरकारी कामकाजको भाषा सबन्धी दिवसको अवसरमा बागमती प्रदेशभर सार्बजनिक बिदा दिने निर्णय भएको हो ।

प्रदेश सभाले सरकारी कामकाजको भाषामा नेपाल भाषा(नेवारी) र तामाङ भाषालाई मान्यता दिने निर्णय गरेपछि आजकै दिन अघिल्लो मुख्यमन्त्री शालिकराम जमकट्टेल नेतृत्वको प्रदेश सरकारले सोको कार्यान्वयन गर्ने निर्णय गर्नुका साथै प्रचारप्रसार एवं उत्सबको लागि बिदाको प्रचलन शुरु गरेको थियो ।

वर्तमान सरकारले त्यसैलाई निरन्तरता दिएको हो । सो सरकारमा वर्तमान मुख्यमन्त्री बहादुर सिंह लामा आर्थिक मामिला मन्त्री रहेका थिए ।